दक्षिणाको लोभमा पण्डितको जात्रा

  प्रकाशित मिति
२३ चैत्र २०७५, शनिबार १७:३०


 

कसले गर्छ यस्ता पण्डितलाई कारवाही ?

रेजिना गौतम
संगै बाँच्ने संगै मर्ने कसम खाएकी जीवन संगिनी गुमाउनुको पीडामा रहेका सुमन प्रसाईलाई श्रीमतीको दशगात्र कर्म गराउने क्रममा पुरोहितले देखाएको व्यवहारले त्यो भन्दा ठूलो पीडा थपिदियो ।

बाबुकै पालादेखि पुज्दै आएका झापा जयपुरका एक पुरोहितले गत चैत ८ गते जुन व्यवहार देखाए त्यो उनका लागि ठूलो पीडाको विषय बन्यो भने गाउँ÷समाजका लागि चिन्ताको विषय समेत बनेको छ ।

आँखाको उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचारकै क्रममा सुमनकी श्रीमति इश्वरा प्रसाईको निधन भयो । सामान्य सल्यक्रिया भन्दै डाक्टरले उपचार सुरु गरेपनि उपचारकै क्रममा प्रसाईको निधन भएपछि त्यसको प्रायश्चित गर्दै इश्वराका नाममा केही सम्झौता भयो । त्यसपश्चात श्रीमतीको दशगात्र कर्मको तयारीका लागि सुमनले काठमाडौंबाट शब लिएर झापा प्रस्थान गर्नु अगावै झापामा फोन गरेर ‘पोखरेल गुरु’लाई बोलाउन अह्राए ।

चैत–७ गते कन्काई माईमा ईश्वरालाई उनका छोराहरुले दागवत्ती दिएर दशगात्र कर्मका लागि अर्जुनधारा नगरपालिका–९ स्थित घरमा पुगे ।
त्यसको भोलीपल्ट पोखरेल गुरु आएर नुहाउनका लागि किरियापुत्रीलाई तिल र कुश दिएसंगै घरमुली सुमनसंग गुरुले इमजेन्सी प¥यो एकैछिनमा आउँछु भन्दै विदा मागे–‘गुरुले त्यसो भनिरहँदा सुमनले के भयो गुरु किन ? कहाँ जाने ? ढिलो हुन्छ हैं ? भनेर सोध्दा गुरुले पुनः दोहो¥याए एकैछिनमा आइहाल्छु, धेरै बेर लाग्दैन ।’ गुरुले यसो भनिरहँदा सुन्ने सुमनका छिमेकी र आफन्त थुप्रै थिए ।
गुरुले गरेको व्यवहार सम्झँदै सुमनले भने–‘नुहाएर छोराहरु आधिबाटामा उभिएका छन्, कतिदिनदेखि भोकै थिए, भित्र पस्न हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन, गुरु हराएको हरायै ।’

लामो समय गुरु हराएपछि सुमनलाई गाउँलेले फोन गर्न दबाब दिन थाले, त्यही अनुसार फोन गर्दा गुरु त अर्को कुनै कार्जे गराउँदै गरेको पाइएपछि सबै अलमलमा परे । गुरुलाई एक÷ढेड घण्टा पर्खिदा पनि नआएपछि फोन गरेका सुमनले भने–‘फोन उठाएपनि अँ अँ भन्दै गुरुले फोन नकाटी राख्नु भएछ, म पनि तनावमा थिएँ, काटिनछु, भरे गुरुले अर्कै ठाउँमा संकल्प गरेको कुरा रेकर्ड भइरहेको रहेछ ।’ भरेमात्रै थाहा पाउँदा उहाँले ‘ॐनम शिवाय भनेको सुनिन्थ्यो ।’ कति दिनदेखि भोकै थिए, नुहाएपछि बाहिर गर्नुपर्ने कर्म नगरी भित्र पस्न पनि हुन्छ कि हुँदैन भन्नेसम्म पनि थाहा थिएन, बीचबाटामा उभिएका छन्, त्यो देख्ता कति पीडा भयो आफैं अनुमान गरौं न–ईश्वराका श्रीमान् सुमनले भने ।

‘अघिल्लो दिन तपाईले गरुड भन्दिनु हामी अर्को पुरेत लाउँछौं भन्दा उनै पोखरेल गुरुले यहाँको काम मैले गर्नुपर्छ भने पछि लु न त भनेर बोलायौं’– सुमनका छिमेकी दिननाथ अधिकारीले भने । ‘सुरु केही गरेको छैन हतार हतार आएर भाइहरुलाई निकालेर तील जौ दिए, म सुमन दाईको कपाल काट्दै थिएँ, म यहाँ पर्तिर जानु छ, एकैछिनमा आइहाल्छु, भन्नुभो त्यसो भन्दा सुमन दाईले ढिलो हुन्छ कै गुरुजी छिटो आउनु है भन्नुभो ।, तील जौ गराउन आएका गुरु एक÷ढेडघण्टासम्म हराएपछि अनि के हो भनेर फोन गर्दा अर्कै ठाउँमा कार्य गराउँदै हुनुहुँदो रहेछ, त्यसपछि हामीले अर्कै गुरु खोजेर काम चलायौं’ प्रत्यक्षदर्शी तथा छिमेकी अधिकारीले थपे–‘फेरि बेलुका ४÷५ बजेतिर उहाँ आउनुभयो । त्यो बेला सुमन दाईले सोध्नुभयो–‘तपाई त यहाँ सुरु गरेर अर्कै ठाउँमा किन जानु भएछ’ भन्दा होइन भन्नु भो, त्यो कुरो नसकी नाति लिएर आउनु भएको रहेछ, आँखाका चालले नातीलाई संकेत गरेर मोटरसाइकलमा फुत्तै हिड्नु भो’। हिन्दु सनातन विधि अनुरुप दशगात्र कर्म गराउने पुरोहितले १३ दिनसम्म अन्त कार्जे गराउनु नहुने, अलिनै खाएर बस्नुपर्ने तथा निश्चित आचरणमा बस्नुपर्ने वैदिक विधि रहेको जानकारहरु बताउँछन् । अधिकारीले भने–‘उहाँ चै यस्तोमा लोफर हुनुहुँदो रहेछ ।’ यो विकृतिका विरुद्ध गुरुपुरोहित र सबै बसेर छलफल गर्नुपर्ने अवस्था आएको उनले बताए ।

उक्त दिन गुरुले हतारो गरेको देखेपछि आफूहरुले साह्रै हतार नगर्न आग्रह समेत गरेको बताउँदै सुमनका अर्का बराल थरका छिमेकीले भने– ‘हामीले भन्यौ–गुरु यति हतार नगर्नु होस् न पिण्डको सामान ठिक पारेकै छैन, पिण्डको सामान गर्ने मान्छेले नुहाएको छैन, लुगा फेरेको छैन ।’ आफूहरुले त्यसो भन्दा गुरुले छोराहरुलाई नुहाउन लगाएर पिण्डको सामग्री नै तयार नपारी ढिकुरो उठाएको ठाउँमा अलि अनौठो दृश्य थियो ।’ बरालले भने–एकजनालाइ किताव छोडेर जयपुरतिर लाग्नु भो एक÷डेढघण्टा नै आउनु भएन, कतिदिनदेखि भोका नानीहरु थिए हामीलाई पनि असह्रय भयो अनि अर्का गुरु खोजेर लगाउन बाध्य भइयो । बेलुका आएर उनै ठूला कुरा गर्दै थिए रे ।’

गुरुहरुको त्यस्ता कार्यले धार्मिक कार्यमा विकृति बढेको बताउँदै बरालले भने–‘गुरुहरुले त्यसो नगरिदिए हुन्थ्यो ।’
सुमनले मात्रै होइन, अर्जुनधारा–९ का स्थानीय रुद्र खतिवडाले पनि यस्तै पीडा खेपेका छन् । २०७४ साल भदौ २८ गते दिवंगत भएका आफ्ना बुवा लक्ष्मी खतिवडाको वर्ष दिनसम्म वर्खान्त बार्ने र बार्षिक मासिका गर्ने क्रममा दाजु–भाईबीच फाटो आयो । तेह्र दिनसम्म एकै ठाउँ बसेर कोरो ढिकुरो गरेका उनीहरु ४५ दिनको मासेपछि वर्षदिनको काममा समेत एकै ठाउँ उभिन सकेनन् । त्यसको कारक गुरु पुरोहित नै भएको स्व. खतिवडाका कान्छा छोरा रुद्र बताउँछन् । बुबाको बार्षिकपछि पितृ उद्दारको कामना गर्दै सातदिने पुराण समेत लगाएका खतिवडाका घरमा काँही नभएको जात्रा दुनियाँले देख्न पायो । मुख्य पुराण वाचकको व्यासत्व नै दुईजनाले लिए ।

नान्यमुखी श्राद्ध गरेर धार्मिक कार्यको थालनी गरेपछि उक्त यज्ञ समापन नगरेसम्म ब्यासत्व लिएका गुरुपुरोहितलाई कुनै प्रकारको जुठो नलाग्ने वैदिक विधान रहेको बताइन्छ । वरण गरिसकेका पण्डितले यज्ञ समापन नगरी यज्ञाचार्यत्व छाड्ननहुने प्रचलन छ ।

‘त्यसो गर्नुहुन्थ्यो या हुँदैनथ्यो त्यो पण्डितहरुले जान्ने कुरा हो तर बरण गरेका पण्डितले तीन दिन लगातार पुराण भने पछि चौथो दिनदेखि आलोपालो गर्नुभयो’–खतिवडाले भने, ‘अगाडि निश्चित गरेका पण्डितले पुराण सुरु हुनु २÷४ दिन अघि मलाई १० दिने जुठो प¥यो भन्नुभयो, उहाँले नै एकजना पण्डितसँग सम्पर्क गराइदिनुभयो । उहाँलाई व्यासमा राख्यौं, तीनदिनपछि जुठो सकियो भन्दै आउनु भयो । त्यसपछि उहाँहरुले नै ब्यासत्व परिवर्तन गर्नुभयो । मासे र वार्षिक तिथिका दिनसमेत कर्म गराएका र १० दिन जुठो प¥यो भन्ने गुरुजीको जुठो तीनदिनमै कसरी सकियो ? हामी नै अलमलमा प¥यौं ।’

पुराणमा व्यासाचार्य फेरिएको भन्दा पनि वर्षदिनको मासिकाकै क्रममा दाजुभाईबीच आएका खटपटले अहिले पनि आफूलाई पिरोलिरहेको रुद्रले बताए । घटना सम्झदै उनले भने–‘जेठो दाई स्वास्थ्यका दृष्टिले कमजोर हुनुहुन्थ्यो, कोराभित्र हामीले ग्लुकोज पानी, भिटामिन खान आग्रह ग¥यौं सहमति ग¥यौं उहाँले खानुभयो, पैतालिससम्म सेतो बस्त्र मै थियौं, मेरो व्यापार–व्यवसाय पनि भएकोले सेतो बस्त्र लगाएर बाहिर पानी खान पनि अप्ठ्यारो महसुस भएपछि मैले बस्त्र फेर्ने प्रस्ताव राखे, आमालाई अरु नै कपडा फेराएका थियौं, त्यसपछि मासिका गर्ने कुरा चल्यो, आमा भएका नाताले दाजुहरुले मासे गर्न आउनुपर्ने तर दुवैजनाले कपडा सेता बस्त्र फेरेपछि अप्ठ्यारो पो हुने हो कि ! भन्ने छलफल भयो, मासिका गर्न अप्ठ्यारो हुँदैन भने मात्र बस्त्र फेर्ने नभए दुःखै खेप्छु बरुभन्दा गुरुले श्रद्धा र भक्तिभावले गर्ने हो, लुगाले गर्ने होइन, दाजुहरुले भन्नुभयो भने लुगा फेर्दा केही हुँदैन त्यसमा पनि जेठो दाजु हुनुहुन्छ, तपाई त कान्छो भने पछि सहमति मै कपडा फेरें । ’

४५ दिनमा आमा दाजु र पुरोहित सबैको सहमतिमा कपडा फेरेपनि दुई महिनादेखिको मासे उनीहरुले संगै गर्न सकेनन् । रुद्रका जेठा दाजुले दुई महिनाको मासेको दुईदिन अघि आफू मासे गर्न नआउने भन्दै फोन गर्दा आफू झसङ्ग भएको बताउँदै रुद्रले भने–‘त्यसपछि मासे नै अलग–अलग भयो, मलाई जुन पुरोहितले बस्त्रले छेक्दैन भने उनै आएर मासे गराए, दाजुका घरमा मासे गराउन उनकै दाजुलाई पठाएछन्, यो देख्दा गुरुहरु कमाऊमा लागेका रहेछन् जस्तो लाग्छ ।’

वर्षभरी जे भएपनि बार्षिक श्राद्ध र पुराण एकैठाउँ गरौं भन्दै दाजुहरुलाई अनुरोध गर्दा पनि नआएको स्मरण गर्दै रुद्रले आमा हुँदा त आएनन्, अब आमा केही हुँदा पनि आउँदैनन् होला, म एक्लो रहेछु भनेर परि आएको गर्ने बताए ।’ बैदिक कर्मकाण्ड गराउन सबै जान्ने नहुँदा नै पुरोहित पण्डित लगाउनुपरेको खतिवडाले बताए । मासे गर्न बस्त्रले छेक्दैन भनेर फेर्न सहमति दिने गुरुले पुनः दाजुकामा मासे गर्न आफ्नै दाजु पठाउनुले दाजु–भाई फुटाउने कार्य गुरुबाटै भएको उनले बताए । भने, ‘मैले बस्त्र नफेरी सक्दिन भनेको थिइन, तर हुन्छ भने फेर्छुमात्र भनेको थिएँ, त्यतिबेला हुन्छ, बस्त्र फेरेर केही हुँदैन एकठाउँ मासे गर्नु भन्ने गुरुले किन आफ्नै दाजुलाई पुरोहित बनाएर मेरा दाजुकामा पठाए त ? हामीले पुजेका गुरुबाटै दाजु–भाई फुटाउने काम भयो ।’

खतिवडाका घरमा गत २०७५ असोज १७ गतेदेखि सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: