दमकका संक्रमित पुरुषको कोशी अस्पतालमा मृत्यु

  प्रकाशित मिति
२५ मंसिर २०७७, बिहीबार १५:०७


झापा, २५ मंसिर । कोरोना भाइरसको संक्रमणका कारण दमकका एक जना वृद्वको कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा आज मृत्यु भएको छ ।

दमक नगरपालिका–१० का ६९ वर्षीय पुरुषको कोशी अस्पतालमा बिहीवार विहान मृत्यु भएको हो ।

झापामा नै उनको स्वाब संकलन गर्दा पोजेटिभ देखिएपछि नोबेल मेडिकल कलेज विराटनगर भर्ना गरिएको थियो ।

थप उपचारका लागि बुधबार बेलुका कोशी अस्पतालमा सारिएको थियो । कोशीमा पुगे लगत्तै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनको अक्सिजनको मात्र कम भएका कारण नोबेलमा अक्सिजन लगाएर राखिएको थियो । कोशी अस्पतालमा एम्बुलेन्सबाट उतारेर भर्ना गर्न ढिलो गरेका कारण मृत्यु भएको परिवारको भनाइ छ ।

वृद्वलाई मधुमेह, उच्च रक्तपाच लगायत रोगको समस्या रहेको अस्पतालले बताएको छ ।

योसँगै झापामा मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: