झापा । दमकका एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रतिष्ठानमा शुक्रबार गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।