झापा, १७ असोज । कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका ७ की ६८ वर्षीया वृद्धाको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमण पृष्टि भएपछि वृद्धा एकहप्ता अघि उपचारका लागि भर्ना भएकी थिइन् । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत आनन्द लामिछानेका अनुसार हाल उपचार केन्द्रमा ३९ जना उपचाररत छन् । जसमध्ये पाँच जना सिकिस्त भएकोले उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म कोभिड उपचार केन्द्रमा पाँच सय ११ जना उपचारका लागि भर्ना भएका छन् । जसमध्ये चार सय ५१ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
उपचार केन्द्रबाट एक जना थप उपचारका लागि रेफर भएका छन् । भर्ना भएका चार जनाले स्वीच्छाले अस्पताल छाडेका छन् ।
उपचार केन्द्रमा ७१ जनरल, १० आइसियु र १० एचडियू शय्या सञ्चालनमा छन ।
।। गणेश लम्साल ।।