दमकमा उद्योग स्थापनाका लागि सम्झौता

  प्रकाशित मिति
६ चैत्र २०७२, शनिबार ११:५१


pm

झापा । सरकारले हालै स्वीकृत गरेको औद्योगिक क्षेत्र अन्तरगत दमकमा उद्योग स्थापना गर्ने प्रव्रिmया अघि बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग मन्त्री सोमप्रसाद पाण्डेको उपस्थितिमा उद्योग स्थापनाको लागि शुव्रmबार साँझ दमक नगरपालिकासँग सम्झौता भएको छ ।
दमक नगरपालिकाको वार्ड नम्बर १८ र १९ मा क्लिन इण्डङस्ट्रियल पार्क विकासका लागि कोरियाको युनिफेल होल्डिङ कोपअरेसन लिमिटेड र दमक नगरपालिका बीचमा सम्झौता भएको हो ।

सम्झौतामा ‘पाटी ए’को तर्फबाट दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल र ‘पाटी बि’का तर्फबाट युनिफेल एयर ग्रुपका चेयरम्यान मीनयोङ सिनले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा उल्लेख अनुसार ‘पाटी ए’ले उद्योग स्थापनाका लागि जग्गा उपलब्ध गराउने,सरकारी स्विकृती र सम्पूर्ण कानुनी प्रव्रिmया पुरा गर्ने र उद्योग स्थापना हुने क्षेत्रमा वाटो, बत्ती, बिजुली, पानी जस्ता भौतिक पूर्वाधार तयार गरिदिने उल्लेख छ ।

यसैगरी ‘पाटी बि’का तर्फबाट सम्झौता भएको तीन महिनाभित्रमा स्थलगत काम थाल्नु अघिका सम्पूर्ण (प्रि इन्भेष्टमेन्ट) प्रव्रिmयाहरु पूरा गर्ने, उद्योग स्थापनाका लागि आवश्यक पर्ने सम्पूर्ण आर्थिक स्रोतको जोहो गर्ने र लगानीकर्ता ल्याउने सर्तहरु उल्लेख छन् ।

औद्योगिक क्षेत्र सञ्चालनका लागि दुवै पाटीको संयुक्त व्यस्थापन समिति गठन गर्ने सम्झौता भएको छ । सम्झौतामा दमक क्लिन इण्डष्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापा र नेपाल डाइरेक्टर पार्कजोङ सिओनले सम्झौतामा हस्ताक्षर गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सम्भmौतापछि प्रधानमन्त्री केपी ओलीले दमकमा सञ्चालन हुने इण्डष्ट्रियल पार्कले स्थानीय बासिन्दालाई रोजगारीको अवशर सृजना गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने–‘दमकमा स्थापना हुने उद्योगले स्थानीय बासिन्दालाई समृद्धिका लागि बाटो खोल्ने छ । यहाँ स्थापना हुनेहरु वातावरण मैत्री हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: