दमक–१ मा एमालेको प्यानलै निर्वाचित

  प्रकाशित मिति
१ जेष्ठ २०७९, आईतवार ०९:१५


मेचीनगर, १ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक–१ नम्बर वडामा एमालेको प्यानलै निर्वाचित भएको छ ।
दमक–१ मा १ हजार २८८ मत प्राप्त गर्दै हरिप्रसाद न्यौपाने विजयी भएका हुन् ।

यता गठबन्धनबाट उम्मेद्वारी दिएकी तारा अधिकारीले १ हजार २६३ मात प्राप्त गरिन् । त्यस्तै सदस्यद्वयमा रघुवीर वुढाथोकी र राजकर्ण राई निर्वचित भएका छन् । महिला सदस्यमा तारा खपदरी र दलित महिला सदस्यमा नवीना मोहरा निर्वाचित भइन् । दमक नगरमा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसंग गठबन्धन गरेको छ ।

मेयर पदका लागि १६ जनाको उम्मेद्वारी परेपनि कांग्रेस सहितको गठवन्धन दलले उम्मेद्वारी दिएको थिएन । गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सघाउँदै राप्रपाबाट राम थापाको उम्मेद्वारी रहेको छ । यता एमालेबाट गीता अधिकारीको उममेद्वारी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार दमकमा एमाले र राप्रपावीच प्रतिष्पर्धा देखिएको छ । एमालेकी उम्मेद्वार अधिकारीले १ हजार ३२३ मत र राप्रपाका उम्मेद्वार थापाले १ हजार २५२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: