मेचीनगर, १० भदौ । बुधबार झापामा १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
आज एकैदिन दमकमा १५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार आज थपिएकाहरुमा दमक नगरपालिकाका १५ जना छन् । जसमा ६ महिला र ९ जना पुरुष हुन् ।
संक्रमित सोरै जना दमक–१, ४, ५, ६ र ९ नम्बर वडाका हुन् ।
त्यस्तै गौरीगञ्ज गाउँपालिकाका १ जना पुरुष थपिएका छन् । उनी वडा नम्बर ६ का हुन् ।
आज थपिएका मध्ये २ जना भारतबाट आएका, २ जना औषधि व्यवसायी र १२ जना स्थानीय रहेको चौलागाईले जानकारी दिए ।
योसँगै कोरोना संक्रमितको संख्या झापामा ५३३ पुगेको छ ।