दमकमा सचेतना मुलक कार्यक्रम शुरु

  प्रकाशित मिति
१७ कार्तिक २०७७, सोमबार १७:०५


दमक, १७ कार्तिक । कोरोना भाइरस कोभिड–१९को संक्रमण दर बढीरहेको वेला समुदाय–प्रहरी साझेदारी समिति दमकले सचेतना मुलक कार्यक्रम शुरु गरेको छ ।

प्रहरी साझेदारी समितिको टोलीले आज दमक–८ स्थित विभिन्न पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिँदै सचेतना कार्यक्रम गरेको हो ।

टोलीले प्रत्येक पसलहरुलाई माक्स, सेनीटाइजरको प्रयोग, पसल अगाडि हात धुने साबुन पानीको ब्यवस्थापन गर्न पनि अनुरोध गरिएको टोलीमा सहभागी इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए ।

सर्वसाधारण नागरिक पसलहरु कोरोना भाइरस प्रति सजक हुन पनि अनुरोध गरेको टोलीमा सहभागी प्रहरी साझेदारी समितिको सदस्य मोहन बोगटीले बताए ।

टोलीले दमक–८को चोक लाइन, सेतुमारी रोड लाइन लगायतको पसलहरुमा सचेतना कायक्रम गरेको छ ।

प्रहरी साझेदारी समितिका पदाधिकारी, सदस्यहरु, सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधिहरु सहभागी टोलीले मङ्गलबार पनि बढी भीडभाड हुने बजारका विभिन्न पसलहरुको अनुगमन साथै सचेतना कार्यक्रम गर्ने प्रहरी साझेदारी समिति दमकका सदस्य तथा सामाजिक अभियन्ता सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: