दमक खानेपानीको रजत स्तम्भ अनावरण

  प्रकाशित मिति
४ जेष्ठ २०७७, आईतवार १३:००



दमक, ४ जेठ । खानेपानी तथा सरसफाई उपभोक्त संस्था दमकले २५ बर्ष पुगेको उपलक्ष्यामा आइतबार रजत स्तम्भको अनावरण गरेको छ ।

संस्थाको कार्यालय परिसरमा निर्माण गरिएको रजत स्तम्भको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशनकुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख ओलीले खानेपानी संस्थाले उपभोक्तालाई बोतलमा शुद्ध पिउने पानी वितरण गर्ने तर्पm पनि छलफल गर्नु पर्ने बताए ।

नीजि क्षेत्रसँगको सहकार्यमा संस्थाले बोतलको पानी उत्पादन गरी सस्तो मूल्यमा बिक्री गर्न सक्ने भन्दै यस कार्यको लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै उचित प्रस्ताव लिएर आउन आग्रह गरे । त्यसैगरी हाल संस्थाको स्रोत भनेको भूमिगत पानी मात्रै भएकोले बगेर जाने पानीलाई पनि स्रोतको रुपमा प्रयोग गर्न सके दीर्घकालीन स्रोत हुने उनले बताए ।

दमकमा धेरै सीमसार क्षेत्र रहेको भन्दै संस्थाका सचिव हरि सुवेदीले दमक खानेपानी संस्थाले बगेर जाने पानीलाई संरक्षण गरी शुद्ध बनाएर उपभोक्तालाई उपलब्ध गराउने तर्पm पनि छलफल भइरहेको बताए ।

संस्थाका उपाध्यक्ष तथा रजत स्तम्भ निर्माण समिति संयोजक मिना कोइरालाले ५ लाख ५५ हजार ५ सय रुपैयाँको लागतमा रजत स्तम्भ तयार गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: