दमक नजिकै पाँच सय शैयाको भृकुटी हस्पिटल बन्दै

  प्रकाशित मिति
२७ भाद्र २०७८, आईतवार १०:२३


दमक, २७ भदौ । दमक नजिकै कमल गाउँपालिका वडा नं. ५ लखनपुरमा पाँच सय शैयाको आधुनिक सुविधायुक्त हस्पिटल स्थापना हुने भएको छ ।

मेडिकल क्षेत्रमा लागेका व्यवसायी प्रताप कार्कीले केही उद्यमीहरुको संयुक्त लगानीमा आदिबासी रंगशाला दक्षिण राजमार्गसँगै जोडिएको जग्गामा भृकुटी हस्पिटल स्थापनाको तयारी भइरहेको बताए ।

जग्गाको व्यवस्थाप भइसकेको र बर्खा सकिनासाथ भौतिक संरचना निर्माणको कार्य सुरु हुने कार्कीले लोकतन्त्र पोस्टलाई बताए ।

‘अहिले १०० शैयाको हुनेछ, पछि विस्तार गरेर ५०० शैया पुर्याउने योजना छ,’ प्रस्तावित भृकुटी हस्पिटलका सञ्चालक समेत रहेका कार्कीले भने ।

कार्की लामो समय विर्तामोडको बीएन्डसी हस्पिटलमा व्यवस्थापकको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: