मेचीनगर, २९ पुस । प्रथम काँकरभिट्टा इण्डो नेपाल फुटबल प्रतियोगिताको बुधवार भएको खेलमा दमक भेट्रान क्लब लखनपुरले एक का विरुद्ध दई गोलले धरमपुर भेट्रान फुटबल क्लब लाई पराजित गरेको छ ।
काँकरभिट्टा उच्च माविको खेल मैदानमा भएको प्रतियोगितामा दमकका विजय राईले फ्याँकेको व्रmस बललाई खड्ग बहादुर थापाले हेडमार्फत १६औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ६ मिनेट नबित्दै फेरि दमकका विजय राईले एक गोल गर्दै आफ्ना टिमलाई दुई गोलले अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा धरमपुरका पेमा तामाङले हानेको व्रmसबललाई प्रेम शेर्माले जाली चुमाएका थिए ।
खेलको म्यान अफ दि म्याच दमकका सुमन आचार्य घोषित भएका थिए । भने बुधबारै हुने भनिएको पहिलो खेलमा बिर्तामोड युनाईटेड भेट्रान क्लब समयमा खेलमैदान नआएपछि घुलावारी भेट्रान क्लबलाई वाक् ओभर पाएर क्वाटर फाईनल प्रवेश गरेका हुन ।
विहीबारको खेल आयोजक काकरभिट्टा भेट्रान फुटबल क्लब र चन्द्रगढी भेट्रान फुटबल क्लब बिच हुने भएको कुरा आयोजक क्लबका कोषाध्यक्ष बिक्रम राईले बताए