झापा, ६ भदौ । दमक नगरपालिकामा आज १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । १६ जनामध्ये विद्युत प्राधिकरणका कार्यरत कर्मचारीको संख्या ६ जना रहेको छ ।
दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा लिएको स्वाब परीक्षणको नयाँ रिपोर्ट आएको हो ।
प्राधिकरणका कर्मचारीसहित ८ जना समुदायका व्यक्ति छन् भने अरु विदेशबाट आएकाहरु हुन् ।
यसैगरी सशस्त्र प्रहरीहरूमा कोरोना सङ्क्रमण देखिएको भट्टराईले जानकारी दिए । उनीहरू सरुवा भएर विराटनगरबाट यहाँ आएको र त्यही भित्र क्वारेन्टाइनमा रहेकाहरू रहेको जनाइएको छ । यो सँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ ।
दमकमा गरिएको कडा लकडाउनको आज अन्तिम दिन हो । संक्रमण बढ्दै गएकाले नगरपालिकाले अझै लकडाउन थप्ने सम्भावना छ ।
आज नगरपालिकाले अर्को निर्णय गर्ने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छन् ।