दर्के झरी छिचोल्दै वीपीलाई श्रद्धासुमन

  प्रकाशित मिति
६ श्रावण २०७६, सोमबार २०:४०


मेचीनगर । नेपाली राजनीतिका मुर्धन्य व्यक्ति, समाजबादी चिन्तक, महामानव विपी कोइरालाको ३८ औँ स्मृति दिवस झापासहित देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । झापाको सबै नगर तथा गाउँपालिकाका दिवसको अवसरमा रचनात्मक कार्यक्रमहरु गरिए ।

काङ्ग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजबादी सिद्धान्तलाई नेपाली कांग्रेसले मार्गदशृक नीति मान्दै आएको छ । स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस र पार्टीका भ्रातृ संस्थाहरूले कार्यक्रम गरेका छन् ।

बीपीको जन्म बाबु कृष्णप्रसाद र आमा दिब्या कोइरालाका कोखबाट वि.सं १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सर रोगबाट निधन भएको थियो ।

सोमवार विहानैदेखि मुुसलधारे पानी वर्षिएको थियो । पार्टीका कार्यक्रमहरुमा वर्षाले प्रभाव पारेको थियो । तैपनि कार्यकर्ताहरु छाता ओढेर र रेनकोट लगाएर भए पनि कार्यक्रमहरुका सहभागी भएका थिए । धेरैजसो स्थानमा वृक्षारोपण, रक्तदान र प्रवचन कार्यक्रम राखिएका थिए ।

वीपीको समाजबाद बिर्सदा पार्टी कमजोर ः शिवाकोटी
संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीले वीपीको समाजबादी सिद्धान्त बिर्सदा पार्टी कमजोर भएको बताएका छन् ।

नेपाली काङ्ग्रेस भद्रपुर नगर समिति तथा वडा समिति ७, ९ र १० को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले आज त्यस्तो धारण्(ाा व्यक्त गर्नु भएको हो ।

नेपाली काङ्ग्रेस भद्रपुर नगर समिति सह–संयोजक मनप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नगर उपसभापति ज्ञानबहादुर चौहान र सञ्चालन वडा नं १० का वडा सभापति शालिकराम नेपालले गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, नेपाली काङ्गे्रस झापा सभापति उद्धव थापा लगायतका पार्टी महाधिबेशन प्रतिनिधिहरु, महासमिति प्रतिनिधि लगायतका जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा भद्रपुर–१० स्थित पर्यटकीय स्थल चन्द्रगढीमा आँप लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु समेत रोपिएको थियो ।

वीपी–पुष्पलाल बाटिकामा वृक्षारोपण
महामानव वीपी कोइरालाको ३७ औँ स्मृति दिवसको अवसर पारेर सोमबार नेपाली काङ्ग्रेस मेचीनगर वडा नम्बर ६ ले ३७ औँ वीपी स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवम् जिल्ला सदस्य टेकबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक सेनानी सङ्घ झापाका अध्यक्ष तमर राई लगायतले विपीको मार्ग दर्शन र सिद्धान्तलाई शिरोपर गरी अघि बढे लक्ष्यमा पुग्न सकिने विचार व्यक्त गरेका थिए ।

काँकरभिट्टास्थित विपी–पुष्पलाल बाटिकामा आयोजित कार्यक्रममा काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुले करिव ५० वटा विभिन्न जातका विरुवा रोपेका थिए । नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सभापतित्व वडा सभापति धनप्रसाद केरुङले गरेका थिए । वडा सचिव चन्द्र शाही विमलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव कुलदिप राईले गरेका थिए ।

वडामा विचार गोष्ठी
त्यस्तै, नेपाली काङ्ग्रेस मेचीनगर वडा नम्बर १० ले पनि विपी स्मृति दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य एवम् जिल्ला सचिव ताराविर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल महिला सङ्घकी क्षेत्रीय सभापति रचना घिमिरे, महाधिवेशन प्रतिनिधि एवम् जिल्ला सदस्य टेकबहादुर लिम्बु, महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडा, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी लगायतले विपीको योगदान बारे चर्चा गरेका थिए ।

मेचीनगर वडा नम्बर १० कार्यक्रम संयोजक केपी शर्माको सभापतित्वमा भएको कार्यक्रमको स्वागत जनप्रतिनिधि धिरावती लिम्बु र सञ्चालन कार्यक्रम सहसंयोजक चन्द्र तिवारीले गरेका थिए ।

इटाभट्टामा रक्तदान
विपी स्मृति दिवसकै अवसरमा मेचीनगर वडा नं ७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको प्राविधिक सहयोगमा इटाभट्टा चोकमा सम्पन्न रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको नेपाली काङ्ग्रेस मेचीनगर वडा नम्बर ७ का सभापति कञ्चन बरालले बताए ।

रक्तदान कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य तथा काङ्ग्रेस महासमिति सदस्य उषा गुरुङले विपीको विचारले अहिले पनि समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । काङ्ग्रेस नेतृ गुरुङले विपीको विचार विश्वका धेरै मुलुकहरुमा अध्ययन हुने गरेको भएपनि नेपालमा भने अध्ययन कम हुने गरेको बताइन् ।

कार्यक्रममा मेचीनगर वडा नम्बर ७ का वडा अध्यक्ष चन्दन मेचे, नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ का सचिव हरि बुढाथोकी, सहसचिव रुपसागर अधिकारी, तरुण दल क्षेत्रीय सभापति अर्जुन राई लगायतको सहभागिता रहेको थियो ।

नेपाली काङ्ग्रेस मेचीनगरङ–७ का सभापति कञ्चन बरालको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको उद्घाटन सत्र सचिव पिताम्बर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

कालीमन्दिरमा वृक्षारोपण

नेपाली काङ्ग्रेस बाह्रदशी गाउँ समितिले बृक्षारोपण सम्पन्न गरेको छ । साविक डाँगीबारी गाविसको गौरीशङ्कर मावि साविक चकचकी गाविसको काली मन्दिर परिसरमा बृक्षारोपण गरिएको नेपाली काङ्ग्रेसका नेता दयानन्द गोश्वामीले जानकारी दिए ।

बर्षाका बावजुद झापाका सातवटा नगरपालिका र ८ वटा गाउँपालिकाका सबै नगर÷गाउँ समिति तथा वडा समितिले विचार गोष्ठी तथा वृक्षारोपणसहितका विविध रचनात्मक कार्यक्रम गरी वीपी स्मृति दिवस मनाइएको काङ्ग्रेस झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: