दर्जन बढी सम्मानित

  प्रकाशित मिति
७ भाद्र २०७३, मंगलवार १४:४३


 

 

Exif_JPEG_420

भद्रपुर । जिल्ला जनस्वास्थ्य कार्यालयले एक कार्यव्रmमको आयोजना गरी दर्जन बढीलाई व्यक्ति तथा सङ्घसस्थालाई सम्मान गरेको छ ।

मङ्गलबार कार्यालयको बार्षिक प्रगति समीक्षात्मक कार्यव्रmमको अवसर पारेर सेवाबाट निवृत्त कर्मचारी, उत्कृष्ट स्वास्थ्य संस्था तथा कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

कर्मचारीहरु व्रmमश ः हेमन्त राज दवाडी , रेखा अधिकारी, देवी भट्टराई, भीम तिवारी, माया सापकोटा, राधा आचार्य,जयराज चौधरी तथा योगेन्द्र झा लगायतका २५ जना सेवा निवृत्त कर्मचारीहरुलाई दोसलासहित कदर पत्रले प्रमुख अतिथि तथा स्थानीय विकास अधिकारी खेमराज ओझाले सम्मान गरेका थिए ।

त्यसैगरी, पूर्ण खोपयुक्त गाविस र नगरपालिका घोषण भएका विर्तामोड नगरपालिकाका ४ वटा वडा, शनिअर्जुन नगरपालिका र शिवसतासी नगरपालिका लगागतका १४ वटा स्वास्थ्य चौकीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा रेवतीप्रसाद गौतमलाई कदर पत्रसहित दोसल्लाह ओडाएर सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यव्रmममा जिल्लाका ५० वटा स्वास्थ्यसंस्थाहरु मध्येवाट उत्कृष्ट ४ वटा स्वास्थ्य संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।
निमित जनस्वस्थ्य प्रमुख देवराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यव्रmमको औचित्यमाथि प्रकाश कृष्णप्रसाद न्यौपानेले पारेका थिए भने सञ्चालन वेदप्रकाश घिमिरेले गरेका थिए ।

जिल्लास्तरीय समीक्षा गोष्ठी भदौ तीन चल्ने कार्यालयका प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: