दर्शक भक्कानिए ‘झमक’लाई देखेर

  प्रकाशित मिति
६ श्रावण २०७४, शुक्रबार १९:५५


jhamak 2मेचीनगर । विहीवार धुलावारीको तृष्णा चलचित्रमा सँधैको भन्दा भिन्नै प्रकृतिका दर्शक सिनेमा हेर्न गएका थिए । त्यहाँ डाक्टर, वकिल, नेता, पत्रकार लगायत विभिन्न पेशाका व्यक्तित्वहरुको बाक्लै उपस्थिति थियो । जब उनीहरुले पर्दामा साहित्यकार झमक घिमिरेको बाल्यकालको सङ्घर्षमय जीवनलाई आँखै अगाडि देखेँ–उनीहरु कसैको पनि आँशु थामिएनन् ।

सन्दर्भ हो–प्रसिद्ध साहित्यकार झमक कुमारी घिमिरेको जीवनकथामा आधारित भर्खरै बनेको सिनेमा ‘जीवन काँडा कि फूल’को च्यारिटी शोको । मेचीनगर लेडिज जेसीजले च्यारिटी शोको तारतम्य मिलाएको थियो ।

सिनेमा साँच्चीकै जीवन्त बनेको दर्शकहरुको प्रतिक्रिया छ । जन्मदै शारीरिक अशक्त झमकले बाल्यकालमा पढ्न र लेख्नका लागि गर्नु परेको सङ्घर्ष मात्र नभएर अपाङ्ग भएकै jhamak 7कारण परिवार र समाजबाट खेप्नु परेको सास्तीले सिनेमा हेर्ने जोकोहीको मन पग्लिन्छ । झमकप्रतिको श्रद्धा अझ चुलिन्छ ।

‘हामीले अभिनयमा उहाँको पीडा हेर्यौँ’, सिनेमा हेरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै नेपाली काङ्ग्रेसका युवा नेता विश्वप्रकाश शर्माले भने–‘वास्तविक जीवनमै भोग्ने झमकलाई कति पीडा भयो होला भन्ने कुराले मेरो मन भावुक बनिरहेको छ ।’

दर्शकहरुले बाल्यकालकी झमकको भूमिकामा अवस्था प्रधानले गरेको अभिनयलाई औँधी मार्मिक र जीवन्त भएको बताएका छन् ।

झमक अब नेपालकी मात्र नभएर संसारकै अद्वितीय साहित्यिक प्रतिभा भइसकेकी हुँदा उनको जीवनीलाई विद्यार्थीहरुले थाहा पाउन जरुरी हुन्छ । सिनेमा हेरेपछि झमकलाई बुझ्न र चिन्न अब सिनेमाको माध्यमबाट झन् सहज भएको छ ।

मेयरले गरे उद्घाटन

jhamak 6धुलावारी । विश्वप्रसिद्ध साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित नेपाली सिनेमा ‘जीवन काँडा कि फूल’को विहीवार धुलावारीमा प्रदर्शन गरिएको छ ।
मेचीनगर लेडिज जेसीजको आयोजनामा भएको प्रदर्शनको उद्घाटन मेचीनगरका मेयर बिमल आचार्य र उपमेयर मीना पोखरेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

धुलावारीस्थित तृष्णा हलमा भएको प्रदर्शनमा मेचीनगरका लब्धप्रतिष्ठित एवम् सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा ‘जीवन काँडा कि फूल’मा अभिनय गरेकी बाल कलाकार स्वीकृति शर्मालाई सम्मान गरिएको थियो ।

चर्चित अभिनेता तथा चलचित्रकर्मी राजेश घतानी र मेचीनगर लेडिज जेसीजकी महासचिव सुनिता पनेरुको संयुक्त उद्घोषणमा भएको उद्घाटन कार्यक्रममा सिनेमाका निर्मातामध्येका स्थानीय सामाजिक व्यक्तित्व उमेश सुबेदी, सिनेमाकी चरित्र अभिनेत्री टीका सुबेदी, मेचीनगर लडिज जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, वत्र्तमान अध्यक्ष शोभा श्रेष्ठ लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

jhamak 4सो फिल्ममा बाल्य अवस्थाको झमकको भूमिकामा अवस्था प्रधानले र ठूली भइसकेकी झमकको भूमिकामा रोजिता बुद्धाचार्यले अभिनय गरेकी छन् ।
१ घण्टा ५५ मनिट लामो सो सिनेमाको निर्माता उमेश सुबेदी, बिनोद बिस्ट र बद्री चौहान हुन् भने निर्देशन बिनोद बिस्टले गरेका छन् ।

धुलावारीकी स्वीकृति शर्माले झमकको बहिनी सानो छँदाको भूमिकामा अभिनय गरेकी छन् ।

मेचीनगर लेडिज जेसीजकी पूर्व अध्यक्ष टीका सुबेदीले पनि सिनेमामा गाउँको सासुआमाको भूमिकामा अभिनय गरेकी छन् ।
jhamak 4प्रदर्शनीबाट सङ्कलित रकम मेचीनगरमा निर्माण हुन लागेको ज्येष्ठ नागरिक संरक्षण गृहको पर्खाल बनाउन खर्च गरिने लेडिज जेसीजकी अध्यक्ष शोभा श्रेष्ठले जानकारी दिएकी छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………………

jhamak 1

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: