दलका नेताहरु भन्छन् – ‘राहत बाड्न ढिलो भइसक्यो’

  प्रकाशित मिति
२२ चैत्र २०७६, शनिबार ०९:३५


चीनको उहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणले नेपालमा पनि ९ जनालाई भेटिसकेको छ । संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको पनि ११ दिन भइसकेको छ । लकडाउन लम्बिएसँगै हुनेखानेले एकदुई महिनालाई खाद्यान्न जोहो गरेका होलान् । तर, विहान–बेलुका ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई सताएको छ । रोगबाट भन्दा पनि भोकैले कोहि नमरुन भनेर सरकार तथा विभिन्न संघसंस्थाहरुले अति विपन्न परिवारलाई राहत बाड्ने काम धमाधम भइरहेको सबैमा अवगत नै छ । मेचीनगर नगरपालिकाले पनि विपन्न परिवारको लगत संकलन गरेको थियो । पहिलो चरणमा तीन हजार विपन्न परिवारलाई विहीबारदेखि राहत बाड्ने तयारी गरेको थियो । तर, नगरपालिकाको आफ्नै कारणले राहत बाड्ने काममा ढिलाई भएको छ । राहत बाड्न ढिलो हुनुमा कसको कमजोरी हो भन्ने प्रश्नमा मेचीनगरका राजनीतिक दलका प्रमुखसँग लोकतन्त्रपोष्ट अनलाइनका अर्जुन कार्कीले गरेको संक्षिप्त कुराकानी जस्ताको त्यस्तै पस्किएका छौँ ।

 

‘जनतालाई भोकै राख्न मिल्दैन’

 

माधव अर्याल, अध्यक्ष ः नेकपा मेचीनगर

सरासर कमजोरी नगरपालिकाका देख्छु । किनभने विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणले नेपाल पनि अस्तव्यस्त भइसकेको छ । अति विपन्न परिवार अर्थात चिया मजदुर, ठेलाभ्यान चलाउने, रिक्सा, खोलामा ढुंगागिटी कुट्ने, असक्त, अपाङगता भएका लगायतका विहान–बेलुका ज्यालादारी गरेर परिवारको गर्जो टार्ने मजदुरलाई राहत दिनु पर्छ । त्यो राजनीतिक पार्टीका तर्फबाट मापदण्ड बनाएर दिन मिल्ने सुझाव नगरपालिकालाई हामीले एकहप्ता अघि नै दिइसकेका छौँ । हामी पनि नगरपालिकाको राहत वितरण समितिमा छौँ ।

चाडो भन्दा चाडो राहत जनतामा पुगोस भन्ने मेरो पनि चाहाना छ । नगरपालिकाको आन्तरिक कुरा हुन सक्ला । विधि र प्रक्रियाको कुरा होलान । तर, यस्तो बेलामा व्यवहारिकतालाई समेत मध्येनजर गरेर राहत बाड्न विल्कुलै ढिलाई नर्गन मेरो व्यक्तिगत तथा पार्टीको तर्फबाट नगरपालिकालाई आग्रह छ । पहिलो चरणमा नगरका अति विपन्न परिवारका तीन हजारलाई राहत दिने कुरामा राजनीतिक दलको समर्थन छ । दिनै पिच्छे नगरपालिकाले कहिले आलुको, कहिले दालको, कहिले खानेतेलको टेण्डर गर्न छ भन्दै नगरपालिकाले जनतालाई भोकै राख्न मिल्दैन ।

 

‘राहत दिन कसलाई पर्खिनु पर्ने हो’

 

इन्द्रबहादुर बुढाथोकी, सभापति ः नेपाली काङ्ग्रेस मेचीनगर

कमजोरी म नगरपालिकाकै देख्छु । नगरपालिकाले मापदण्ड बनाएर । चामल, दाल, तेल, आलु र नुन दिने भन्ने सहमति भएको विषय किन रोकियो थाहा भएन । राजनीतिक दलहरुले यी सबै विषयमा सुझाव दिएको छ । आवश्यक खाद्यान्नको दररेट मागेर कानुनी प्रक्रिया पुरा गरेर राहत बाड्ने भन्ने विषय भएको थियो । विहीबार देखिनै खास विपन्न परिवारलाई राहत दिने एउटा मापदण्ड तयार भएको छ । सोहि अनुसार राहत दिए भइगयो नि राहत दिन कसलाई पर्खिनु पर्ने हो मैले नबुझेको कुरा । विपत व्यवस्थापन, नगरपालिका तथा वडा कार्यालयको समन्वयमा राहतका लागि प्याकेजिङ गरेर कर्मचारी खटाउने भन्ने कुरा थियो । मापदण्ड अनुसारका राहत सामग्री दिन नगरपालिका ढिला गरिसक्यो ।

होइन भने मेची अभियानले जसरी नगरपालिकाको मापदण्ड पुर्याएर राहत बाडेको छ जो कसैले विपन्न परिवारलाई राहत दिन चाहे मापदण्ड पुरा गरेर दिदा हुन्छ । होइन भने जनप्रतिनिधिहरुले मनपरेको मान्छेलाई घरघरमा पोको बोकेर रहात बाड्ने ? वडा कार्यालयले उद्योगी व्यापारीसँग चन्दा उठाएर राहत बाड्छु भन्दा हुन्छ । ? यस्तो महामारीका बेला खास घर पहिचान गरी विपन्न ज्यालादारी गर्ने मजदुरकोमा राहत पुगोस भनेर सहकारी, विद्यालय तथा अन्य संघसंस्थाले नगरपालिका मार्फत सहयोग गरिरहेका छन् । यस्तो गल्ती अब फेरी नगरपालिकाले नगरोस् । पहिलो चरणमा भए पनि ३ हजारलाई राहत चाडो दिए राम्रो हुन्थ्यो । रोगले बचाइरहदा कोहि पनि भोकले नमरुन भन्ने उद्देश्य हाम्रो हो ।

 

‘जति ढिलो भयो राहत लिने बढ्छन्’

 

शुशिल आचार्य, अध्यक्ष ः राप्रपा पार्टी मेचीनगर

राहतका विषयमा विपत व्यवस्थापन समिति, मुल समिति, कार्यदल बनाउने, खाद्यान्न सामग्री र ढुवानी तथा मापदण्ड लगायतका विषयमा नगरपालिकामा राजनीतिक दलसँग घनिभुत छलफलहरु भएका छन् । कस्ता खालका व्यक्तिहरुलाई राहत दिने । के के दिने विषयमा छलफल पनि नभएका होइनन् । नगरपालिकाले बाढ्ने खाद्य सामग्रीमा ४ जनाको परिवार भए १० केजी चामाल, २ केजी दाल, ३ केजी रातो आलु, सन फालावर तेल आधा लिटर र १ केजी साल्ट टे«डिङको नुन छ ।

त्यस्तै चार जना भन्दा माथिका घर परिवारलाई १५ केजी चामाल, ३ केजी दाल, ३ केजी आलु, खानेतेल आधा लिटर र १ केजी नुन दिने सहमति र मापदण्ड बनाइएको थियो । त्यसका लागि आवश्यक टेण्डर प्रक्रिया पनि गर्ने भनियो ।

राजनीतिक दलको हैसियतले म पनि राहत वितरणका विषयमा अन्य पार्टीका मित्रहरुले जसरी सुझाव दिए । त्यसरी नै मैले पनि सुझाव राखे । हामी राजनीतिक पार्टीका तर्फबाट अलभग एउटै सुझाव दिएका छौँ नगरपालिकालाई । नगरपाकिासँग पटक–पटक भएका वैठकमा हाम्रो धाराणा स्पष्ट छ । नगरका अति विपन्न तीन हजार घर परिवारलाई मापदण्ड बनाएर विहीबारदेखि राहत बाड्ने भन्ने सम्मको सहमति गरेर वैठकबाट निस्केर ईटाभट्टा चोक मात्र के पुगेको थिए एक जना नगरपालिकाको जिम्मेवार कर्मचारीले फोन गरेर भने यत्रो वैठक गरेको निर्णय गर्यो बेकार भयो । राहत बाड्ने कुरामा कर्मचारी सहमत भएनन् । टेण्डर प्रक्रिया रद्द गर्ने गर्ने जस्ता कुरा आयो । त्यतिबेलै मेयरसावलाई फोन गरे । उहाँ सांसद्हरुको वैठकमा हुनु हुन्थ्यो । र पनि मैले करा राखे । सबै सहमति भएको कुरामा कसरी यस्तो हुन्छ भनेर मैले कुरा राखे । मेयरसावलाई यो विषयमा थाहा छैन रहेछ ।

यो कुरा जति ढिलो भयो भने राहत लिनेको संख्या बड्छ । छिटो गरौँ र नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गरौँ । तत्काल तीन हजार विपन्न घरपरिवारलाई दिने राहत दिइ हालौँ भन्ने कुरा मेरो मात्र हौइन मेचीनगरका सबै दलको हो । दिन दुगुना, रात चौगुना भनेको जस्तो हुन्छ । राहत बाड्न जति हामीले ढिला गर्यो भने नगरपालिकालाई ठुलै वजेट चाहिन्छ । टोल विकास संस्थाले पठाएको नामवाली अनुसार राहत दिने हो भने नगरपालिकाले धान्न सक्दैन ।

नगरपालिकाले ढिलाई गर्यो । त्यो एकदम गलत छ । राहत बाड्नुको विकल्प छैन । नगरपालिकाले ढिलो गरेकाले मेची अभियान मार्फत नगरपालिकाको मापदण्ड अनुसार दैनिक १ सय जनालाई राहत वितरण गरिरहेको छ । शुक्रबार वडा नम्बर ६, ७, ९ र १० का मापदण्ड अनुसारका एकसय जना विपन्न परिवारलाई बाडिएको छ । प्रत्यक दिन नगरपालिकाको समन्वयमा उक्त खाद्यान्न सामग्रीहरु बाडिने छ ।

 

‘रोगले भन्दा भोकले मर्ने भए’

 

ओमप्रकाश खापुङ, अध्यक्ष ः समाजवादी पार्टी मेचीनगर

नगरपालिका जवाफदेहिता हुनु पर्यो । राजनीतिक दलले सहजिकरण गरेको छ । दलहरुले यस कुरालाई पोजेटिभ लिएका छन् । स्वास्थ्य र खाद्यान्नमा खेलाँची गर्न हुन्न । टोल विकास संस्थाहरुले अनावश्यक रुपमा नाम पठाएका छन् । संस्थाले जस्तो नाम पठायो त्यहि नाम वडा कार्यालयले नगरपालिकामा पठाउनु हुँदैन । नामलाई वडाले भेरिफाई गरेर पठाउनु पर्थ्यो । त्यो हुन सकेन ।

त्यस्ता नामहरुलाई पनि नगरपालिकाले नियमन र अनुगमन गर्न जरुरी छ । हाम्रो कुरा अति विपन्न जस्को मापदण्ड बनाएर राहत दिन नगरपालिकालाई दलहरुले सुझाव दिइसकेको छ । जति सक्दो छिटो राहत जनतलाई दिर्नु पर्यो । नगरबासी बाहेकका मजदुरहरु यहाँ आएर बसेका छन्, काम गरेका छन् । ति सबलाई हेरेर राहत वितरण गर्नु पर्छ ।

तीन हजारलाई तत्काल राहत दिने भन्ने कुरा व्यवहारिक छ । राहत दिन ढिलाईमा नगरपालिकाका कर्मचारीले गरेका छन् । टेण्डर भइसकेको छैन भन्ने कुरा मैले पनि सुनेको छु । तर, यहाँ त महामारीले भन्दा भोकले जनता मर्न आटिसके । सबै मापदण्ड पुरा भएको छ । कर्मचारी र जनप्रतिनिधिहरुको सरासर कमजोरी देखेको छु । नगरपालिकाको प्रविधिक पक्ष मात्र हेर्न भएन । व्यवहारिकतालाई पहिलो प्राथमिकता दिन अहिलेको आवश्यकता हो । रोगले भन्दा भोकले नगरवासी विरामी हुने स्थिति आइसक्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: