दलहरू उम्मेद्वार छान्ने कसरतमा

  प्रकाशित मिति
२३ पुष २०७२, बिहीबार ०२:३५


mechi udoyog
मेचीनगर ,२३ पुस । मेचीनगरका व्यवसायीहरूको छाता सङ्गठन मेची उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि चुनावी सरगर्मी बढ्न थालेको छ । माघ २ गते हुने निर्वाचनका लागि दलहरू कसलाई नेतृत्वमा पठाउने भन्ने निर्णय गर्नका लागि आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् ।

वाणिज्य सङ्घको यो चुनावलाई यस क्षेत्रका राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाउँदै परिणाम आफ्नो पक्षमा पार्नका लागि पार्टीगत रूपमा खुलेरै मैदानमा आउने गरेका छन् ।

यहि चुनावलाई लिएर नेपाली काङ्ग्रेसका तर्फबाट आकांक्षीहरू धेरै भएपछि पार्टीलाई कसलाई पठाउने भन्ने निर्णयमा पुग्न हम्मे हम्मे भएको छ ।

पार्टी स्रोतका अनुसार काङ्ग्रेसबाट अध्यक्ष पदमा वर्तमान बरिष्ठ उपाध्यक्ष पङ्कजविव्रmम नेम्बाङ, महासचिव बसन्त तिवारी बुद्ध र पूर्व उद्योग उपाध्यक्ष तथा वर्तमान क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष ललित तामाङले उम्मेद्वारी दिने तयारी गरेका छन् ।

‘अध्यक्षको आकांक्षी ३ जना छन्’, पार्टी स्रोत भन्छ–‘कसलाई पठाउने भन्ने निर्णय भइसकेको छैन । आगामी दुई दिन भित्रमा यसको टुङ्गो लगाएर ठोस निर्णयमा पुग्ने छौँ ।’

काङ्ग्रेस क्षेत्रीय समितिले बुधबार यस विषयमा छलफल गर्नका लागि पार्टी पक्षधर व्यवसायीहरूको भेला राखेको थियो । जसमा सबैले आ–आफ्नो उम्मेद्वारीका बारेमा दावी राखेपछि पार्टीलाई मिलाउन अप्ठ्यारो भएको छ ।

उम्मेद्वारहरूलाई मिलाएर एक जना अध्यक्षको नाम अगाडि ल्याउनका लागि काङ्ग्रेसले समिति निर्माण गरेको छ । समितिमा वत्र्तमान अध्यक्ष विजय डालमिया, संस्थापक अध्यक्ष नरेन्द्रकुमार खड्का, उद्योग वाणिज्य महासङ्घका केन्दीय सदस्य केशवराज पाण्डे र मेचीनगरका अग्रज व्यवसायी तथा पार्टीका महासमिति सदस्य बिमल आचार्य रहेका छन् ।

काङ्ग्रेसले सर्वसम्वत रुपमा नेतृत्व चयन गर्नका लागि अन्य दलसँग छलफल गर्ने समेत बताइएको छ । ‘हामी हदैसम्मको लचकता अपनाएर सबैलाई मिलाउने प्रयासमा छौँ’, काङ्ग्रेस स्रोत भन्छ–‘जसमा अध्यक्षमा हाम्रो दावी रहने छ भने अन्य पदमा सबै दललाई मिलाएर लैजाने प्रशस्तै ठाउँ राखेका छौँ ।’

अध्यक्षका आकांक्षीहरूले पार्टीले गरेको निर्णय आफुहरूले स्वीकार्ने पार्टी नेतृत्वलाई बचन दिएका छन् । चुनावका लागि बरिष्ठ उपाध्यक्षमा अजय घिमिरे र कपिल क्षेत्री, महासचिवमा धुब्र कनालको नाम चर्चामा छ । यसैगरी सदस्यहरूमा कञ्चन बराल, आत्माराम अग्रवाल, लक्ष्मी अधिकारी, झुनादेवी बानियाँ, विष्णु उप्रेती (मैया), मनोज घिमिरे, जीवन ठकुरीको नाम चर्चामा रहेको छ ।

यता नेकपा एमालेका तर्फबाट ऋषि निरौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भइरहेको पार्टीले जनाएको छ । तिम्सिना कार्य समितिको सदस्यमा रहेर जिम्मेवारी बहन गरिसकेका व्यक्ति हुन् । उनी धुलावारी जेसिजका निवत्र्तमान अध्यक्ष हुन् ।

‘हामीले पार्टीगत रुपमा निर्णय गरेका छैनौँ’, एमाले जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकीले भने–‘तर, व्यवसायीहरूको इच्छा अनुसार उहाँलाई उठाउने तयारी गरेका छौँ । यो विषयलाई २ दिन भित्रमा पार्टीको बैठक राखेर निर्णय गर्ने छौँ ।’
एमाले नेता बुढाथोकीले व्यवसायीहरूको छाता सङ्गठन भएकाले यसलाई प्रतिस्पर्धा भन्दा पनि सहमतिका आधारमा नेतृत्व चयन गर्न अन्य दलहरूसँग छलफल गरिने बताएका छन् ।
अध्यक्षका आकांक्षी तिम्सिनाले पार्टीको निर्णय र व्यवसायीहरूको चाहना अनुसार आफुले उम्मेदवारी दिने तयारी गरेको बताए ।
एनेकपा माओवादीले सबै दलहरूको सहमतिको आधारमा योग्य र सक्षम व्यक्तिहरूलाई नेतृत्वमा पठाउनु पर्ने धारणा व्यक्त गर्दै आएको छ ।
‘मेचीनगरका सबै दलका व्यवसायीलाई समेट्न सक्नुपर्छ’, एनेकपा माओवादीका क्षेत्रीय सदस्य मिलनकुमार प्रसाईले भने–‘सामाजिक संस्थालाई चुनावी मैदान बनाउने भन्दा पनि सहमतिमा लैजाने हो भने सबै व्यवसायीको भावनालाई कदर गर्न सकिन्छ ।’
सदस्य प्रसाईले अन्तिम विकल्पमा सहमति हुन नसके पहिलो प्राथमिकतामा एमालेसँग सहकार्य गरेर चुनावमा जाने बताए । ‘राष्ट्रिय राजनीतिमा पनि एमालेसँगकोे सहमतिमा सरकार चलिरहेको छ’, प्रसाईले भने–‘यहाँ पनि हाम्रो पहिलो प्राथमिकता एमालेसँग सहमति गर्ने नै हो । यदि हुन नसके अन्य दलहरूसँग भए पनि सहमति गरेर हाम्रो पार्टीको सहभागिता रहने छ ।’
एमाओवादीबाट भूपाल ओली, गोपाल गुप्तालगायतका व्यवसायीहरूलाई उपयुक्त पदमा उम्मेद्वार बनाउने पार्टीको तयारी भइरहेको छ ।
राप्रपा नेपालले पनि यो चुनावमा सव्रिmय सहभागिता जनाउने र तालमेलका अधारमा उम्मेदवार तय गर्ने जनाएको छ । ‘हामी यस विषयमा चाँडै छलफल गरेर निर्णयमा पुग्छौँ’, राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष कल्याण खड्काले भने–‘मुख्य नेतृत्वमा हाम्रो दावी नभए पनि अन्य पदमा सहभागिता हुने छ । कुनै दलसँग सहकार्य गरेर चुनावमा जान्छौँ ।’

उनले कुन दलसँग सहमति गर्ने नखुलाए पनि अवस्था हेरेर सहकार्य गरिने बताए । राप्रपा नेपालबाट चन्द्र निरौला, तेजन अधिकारी, सुनिता शर्मा, राजु पोद्धारलगायतलाई चुनावमा उठाउने तयारी भइरहेको छ ।

यता सङ्घीय समाजवादी  फोरम पार्टीको धारणा भने भिन्न छ । फोरमले सामाजिक सङ्घ संस्थालाई राजनीतिक मैदान बनाउनु भन्दा पनि व्यवसायीहरूको भावनालाई कदर गर्न सक्ने योग्य नेतृत्व सर्वसम्वत रूपमा पठाउनु पर्ने धारणा अघि सारेको छ ।

‘सामाजिक सङ्घ संस्थालाई राजनीतिक थलो बनाउनु हुँदैन’, सङ्घीय समाजवादीका जिल्ला उपाध्यक्ष केवलराम राईले भने–‘जो सक्षम छ उसलाई नेतृत्व गर्न दिनुपर्छ ।’

सङ्घको १४ औँ साधारणसभाबाट ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि बाटो खुल्ला गरिएको थियो । जसमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, २ महलिा सदस्यसहित १० जना सदस्य निर्वाचित हुने छन् । निर्वाचित समितिले पछि ५ जना मनोनित गर्ने छ ।
……………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: