दलित अगुवाद्वारा काँकरभिट्टामा विरोध प्रदर्शन

  प्रकाशित मिति
१४ जेष्ठ २०७७, बुधबार १६:५२


मेचीनगर । रुकुमका नवराज विकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दैै काँकरभिट्टामा बुधबार विरोध प्रदर्शन गरिएको छ ।

झापाका कृयाशिल दलित संघ–संगठनले दोषीमाथी कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको हो ।

जातीय भेदभावले नेपाली समाज अझै अन्धबिश्वासमा रहेको पुष्टि गरेको भन्दै दलित अगुवाले पश्चिम रुकुमको घटनामा हत्या गरिएका सबैलाई न्याय दिलाउन माग गरिएको छ ।

प्रेम विवाह गर्न खोज्ने युवालाई कथित तल्लो जाति भएकै कारण हत्या गरिएको दलित अगुवाहरुको भनाई छ ।

उनीहरुले यस घटनामा संलग्नलाई कारवाही नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा अधिकांश वक्ताले मानव समाजमा रुकुमले पशुवत व्यवहार देखाएको आरोप समेत लगाए । उनीहरुले विभेदरहित समाज बनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा दलित अगुवा टिकाराम मंग्राती, छबिलाल विक, ध्रुव कनाल, नेपाल पत्रकार महासंघ झापाका सचिब सन्तोष आचार्य लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: