दलित शब्दबारे विमर्श

  प्रकाशित मिति
९ बैशाख २०७३, बिहीबार ०३:१५


?????????????
naresh khati

नेपालमा जब जब दलितमाथि भएको, अन्याय र अत्याचारको अन्त्यको कुरा उठाइन्छ, दलितका अधिकारका कुरा उठाइन्छ तब एउटै प्रश्न उठाउने गरिन्छ ,तपाईहरु आफैले आफैलाई दलित भन्नु हुन्छ, अनि कसरी सामस्याको समाधान हुन्छ? आफैले आफलाई दलित हँु भन्दै चिनाए पछि, अरुले हेप्दैनन् त? यो ‘दलित’ भन्ने शब्द नै राम्रो छैन । यो शब्द नै विभेदको चुरो हो । तपाईलाई कसले दलित बनायो ? तपाई आफैले, आफैलाई दलित नभन्नुस् । यी र यस्तै किसिमका प्रश्न गर्ने र सुझाव दिने काम अक्सर गैरदलितबाट हुने गरेको छ । यस्ता प्रश्न र सुझावले दलितजनहरु धेरै पटक अक्कन बक्क भएका छन ।

बौद्धिक ,नेता,युवा,लगायत दलित आन्दोलनमा लागेका एउटा हिस्सा पनि दलित शब्दबारेमा विमर्शमा लागेको पाइन्छ । उनीहरुको ठम्याई यो छ कि, वास्तवमा यो ‘दलित’ भन्ने शब्द नै जातीय विभेद र छुवाछुतको बाधक हो । कतिपय दलित युवाहरु आफूलाई दलित भनरे चिनाउन हिच्किचाउँछन् । यो एउटा नटुङ्गीने विवादको रुपमा खडा भएको पाइन्छ । यसको पक्ष, विपक्षमा धेरै बहस र छलफल नचलेका होईनन् । यो ‘दलित’ शब्दबारे आज दलित स्वयंम र शुभचिन्तकमा भ्रम सिर्जना भएको छ । नयाँ पिढीमाझ यसबारे यथार्थ बुझाउँदै गर्नेु पर्ने आवश्यकता छ ।

भारतीय उप—महाद्धीपको आजको भारतमा, करिब ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको थिया,े भन्ने मानिन्छ । हिन्दुको मुलग्रन्थ मध्ये क्रृग्वेदको दशौं मण्डलको पुरुष सुतमा ९० मा ब्राम्हण,क्षेत्री,वैश्य र शुद्र उल्लेख छ । कसैले त्यस विराट् पुरुषको मुख ब्राम्हण,पाखुरा क्षेत्री,पेट वैश्य र गोडा शुद्र हो भनेका छन, भने कसैले, त्यस विराट पुरुषले मुख,पाखुरा,पेट र गोडाबाट क्रमैसँग ब्राम्हण,क्षेत्री,वैश्य र शुद्रलाई पैदा गरे भनेका छन् । यस कुराको अनुवाद र व्याख्यामा हिन्दुहरु बिच नै एकरुपता छैन ।

वेदले चार वर्ण बिच भेदभाव गर्ने कुरा नगरे पनि, मार्ग खुला गरेको छ । वेदपछिका हिन्दु ग्रन्थहरुले पर्याप्त विभेद गर्ने नियम बनाएको पाइन्छ । जसमध्येको एक, मनुस्मिृतिले चार वर्णलाई स्पष्ट रुपमा जन्मका आधारमा व्याक्तिलाई विभाजन गरेको छ, र वर्ण अनुसार ब्राम्हणलाई पढ्ने पढाउने,क्षेत्रीलाई प्रजा रक्षा,वैश्यलाई पशुहरुको रक्षा र शुद्रलाई सेवा गर्ने कार्य निश्चित गरिएको पाईन्छ ।

‘सुँगरले सुँध्यो,कुखुराका पखेटाको हावा लाग्यो,कुकुरले देख्यो र शुद्रले छायो भने श्राद्धको अन्न निष्फल हुन्छ’ ।।(३÷२४१।। मनुस्मिृति)

शुरुमा वर्ण व्यवस्था कार्य विभाजनमा मात्रै सिमित थियो । ती श्रम गर्ने वर्णका मान्छेहरुलाई धार्मिक नियमानुसार जातिय विभेद र छुवाछुत गर्न थालियो । हिन्दुधर्मीय शासन दक्षिण एसियाका जहाँ जहाँ फैलियो , त्यहाँ त्यहाँ छुवाछुतसहितका वर्ण व्यवस्था फैलिन पुग्यो ।(आहुति) वर्णव्यवस्था अनुसार छुवाछुत र विभेद गरिएका, नेपालका दलित समुदायलाई शुद्र,अछुत,पानी अचल,‘थी मज्यूपिँ,कुजात,पाउनी आदि नाम दिए । यसै नामबाट अझै पनि नेपालका विभिन्न स्थानमा छुवाछत र विभेद गरिरहिएको छ ।

सिंगो नेपाल हुनु अघि तत्कालिन राजा रजौटाहरुले हिन्दु शास्त्र अनुसार चार वर्णका जनतामाथि, जातपातका अधारमा शासन संचालन गरे । जंगबहादुरले चलनचल्तीका हिन्दु धर्मका नियम अनुसार वि.स.१९१०को मुलुकी ऐन जारी गरे । जस अनुसार हिजो हिन्दुहरुले विभेद् गर्दै आएका शुद्रलाई पानी अचल छिटो हाल्नुपर्ने भनी सूचीकृत गरी कानुनमै उच्च र निच्च जात जातिको वर्गीकरण गरी, जात अनुसार उच्च जातलाई कम र निच जातलाई बढी सजायको व्यवस्था गरियो ।

शुरुमा छुवाछुत र जातीय भेदभावमा भाग्दै आएका समुदायका अग्रजहरुले विभिन्न नाममा संगठित भएर जातीय विभेदको विरोध गरे । वि.स.२००३ सालदेखि वि.स. २०२३ सम्म मुलुकी ऐनमा पानी अचल छिटो हाल्नु पर्ने समुदायका उत्पीडित वर्गले आफूमाथि भएको उत्पीडनका विरुद्ध राज्य र समाजको ध्यानाकर्षण गराउँन, कहिले ‘परिगणित,कहिले अछुत,कहिले अति पिछडा,हरिजन’ जस्ता शब्द प्रयोग गरेर दलित आन्दोलन अघि बढाउने काम गरे।

दलित शब्दको उत्पति र प्रयोग
भारतमा १९औं शताब्दीमा नै ‘दलित’ शब्दको प्रचलन भएको पाइन्छ । भारतका एक चिन्तक तथा समाज सुधारक ज्योतिराओ फूले(सन् १८२७—१८९) ले पहिलो पटक प्रयोगमा ल्याएको मानिन्छ । फूलेले सन् १८७३ मा ‘सत्यासाधक समाज’ स्थापना गरि महिलालाई शिक्षा र जात प्रथाको अन्त्य गर्न पहल गरेका थिए । दलित शब्दलाई राजनीतिक रङ्ग दिने काम भने भारतका संविधान निर्माता तथा दलित आन्दोलनका अगुवा बी.आर. अम्बेडकरले गरेका थिए । सन्१९२७ को आसपासमा उनको नेतृत्वमा भारमा चलेका दलित आन्दोलनको क्रममै‘दलित’ शब्दको व्यापक प्रयोग भएको थियो । यसरी प्रयोग हुने क्रममा ‘दलित’ शब्द हिन्दुसमाजमा विभिन्न जातीय समूहभित्रका अछुत बनाइएका जातहरुको साझ समुदायगत नामका रुपमा स्थापित हुन पग्यो (आहुति)। भारतीय दलित आन्दोलनबाट स्थापति दलित शब्दलाई नेपालमा वि.स.२०२४सालमा ‘नेपाल राष्ट्रिय जनविकास परिषद्’ नामको दलित संगठन स्थापना गरी पहिलो पटक प्रयोग गरेका पाइन्छ । नेपाली र हिन्दी शब्दकोशमा ‘दलित’ शब्दको अर्थ ‘हेपिएको,दलिएको, पिसिएको भन्ने रहेको छ । अतः आज दलित शब्द नेपालमा पनि दलित आन्दोलन र राजनीतिक एवम् समाजिक क्षेत्रमा स्थापित हुन पुगेको छ ।

भारतमा दलितहरुका लागि राज्यले सम्बोधन गर्न अनुसूचित जात नामाकरण गरेको छ । दलित शब्द प्रयोग यहाँ कुनै शासकले हेपेर दिएकोले भएको होईन । न त गैरदलितले दलितलाई हेप्न उनीहरुबाट राखिएको नाम नै हा े। नेपालको दलित आन्दोलनको लामो संघर्ष पछि दलितहरु संगठित हुने साझ नाम हो ।

नेपालमा हिन्दु वर्णव्यवस्था अनुसार अछुत बनाइएका खस—आर्य,मधेशी र नेवार तीनवटा समुदाय छन्। नेपालको हकमा ‘दलित’ शब्द यी तीनै जातिको साझा परिचय बनेको छ । दलितहरु आफ्ना हक अधिकारका लागि यही नामबाट राज्य र समाजसँग लड्डी गदै आएका छन् । आज राज्यबाट प्रदान गरिएको सेवा सुविधा पनि यही नामबाट उपभोग गरिदै आइएको छ । आज तराईका मधेशी चमार दलितलाई भेद्भाव हुदाँ पहडीया विश्वकर्मालाई दुख्छ । काठमाण्डौका नेवार दलितलाई छुवाछुत हुदाँ तराईका दलित त्यसका प्रतिरोधमा निस्किन्छन । चाहे जहाँ भए पनि दलितलाई परेको विभेदमा उनीहरु भावनात्मक रुपमा एक हुने अवस्था सिर्जना भएको छ । त्यसको मुल कारण उनीहरुको भावना बोक्ने साझ नाम ‘दलित’ शब्द नै हो ।

आज दलित शब्दको सट्टामा शिल्पी,उत्पीडित, श्रमजीवी आदि नाम राखेर दलित आन्दोलन अघि बढाउनु पर्छ भन्ने मत दलितहरुबाटै आउने गरेको छ । आखिर हिजो अछुत बनाइएका समुदायलाई जे नाम दिए पनि विभेद गर्नलाई बाधा पर्दैन । गैरदलितको दिमागमा दलितप्रतिको विभेद्कारी भावना रहुन्जेल दलितलाई गर्ने व्यवहार गरिनै छाड्छ । दलितले आफूलाई दलित भन्नुको अर्थ आफूमाथि अन्याय गर्न छुट दिनका लागि होईन । दलितले आपूmले दलित बताएकै कारण अत्यचार भएको होइन, बरु अत्यचार गर्ने समाजिक व्यवस्था विद्यमान भएकोले अत्यचार भएको हो ।

अन्त्यमा
धेरै दलितका थर गैर दलितसँग मिल्दा जुल्दा छन्,जस्तैः घिमिरे ,सापकोटा, कालिकोटे,घले आदि , तर कुनै घिमिरे बाहुनले मेरो वंश रहेछ भनेर, घिमिरे विश्वकर्मालाई दाजुभाइ भन्न रुचाउदैन र विभेद नगरेको पाइएको छैन । बरु के जात हो भन्दै खोजी, खोजी विभेद गरिएको पाइएको छ । पूर्वी तराईका मेचे जातिको वि.स.१९१७ सम्म पानी चल्दैन थियो तर वि.स. १९१०को मुलुकी ऐन संशोधन गरी, पानी चलाउन र नचलाए दण्ड गर्ने व्यवस्था गरेपछि उनीहरुको पानी चल्ने थाल्यो । उनीहरु पहिला पनि मेचे नै थिए ,अहिले पनि मेचे नै छन, तर केही फरक परेन । नेपालमा छुवाछुत र विभेद अन्त्य हुने हो र राज्यका हरेक निकायमा दलित सहभागीता सम्मान जनक हुने हो भन,े‘दलित’ शब्द आफैमा सम्मानजनक बन्छ । मुख्य कुरा शब्द होइन, विभेदकारी राज्य र समाजिक व्यस्था हो । गैरदलितको दलितप्रति हेर्ने नकारत्मक भाव सकारात्मक हुन आवश्यक छैन नत्र शब्द परिर्वतन हुदै जान्छ, तर विभेद् जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: