दशगजामा सालक छाडेर भागे तस्कर

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार १९:५०


मेचीनगर, ३ जेठ । रातिको समयमा प्रहरीको गस्ती आएपछि कचनकबलस्थित दशगजामा तस्करहरुले शालक छाडेर सुइँकुच्चा ठोकेका छन् ।

कचनकबल गाउँपालिका वडा नं. ५ स्थित ११२ र ११३ सीमास्तम्भ बीचमा प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा जिउँदो सालक फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सीमा क्षेत्रको दशगजामा फेला परेको सो शालक भारततिर तस्करी हुन लागेको थियो ।शालक संरक्षित बन्यजन्तुको सूचीमा पर्दछ । यसको खबडा महँगो मूल्यमा विक्री हुने गरेको छ ।

शुक्रवार राति गस्तीले फेला पारेको सो सालक प्रहरीले शनिवार विहान डिभिजन बन कार्यालय झापालाई बुझाएको छ
थियो ।
बन डिभिजन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार लकडाउन भए यता बन कार्यालयले दुई वटा मृग, एउटा अजिङ्गर र एउटा हुचिललाई उद्धार गरी संरक्षण गरेको जनाएको छ ।

तीमध्ये एउटा घाइते मृग उपचारको क्रममा मृत्यु भएको छ भने अजिङ्गर र हुचिललाई जङ्गलमा सुरक्षित रुपमा छाडिएको बताइएको छ । अब एउटा मृगको पाठो र शालक बन कार्यालयमै छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: