दशैँमा गृह जिल्ला आउँदा स्वास्थ्य शिविर

  प्रकाशित मिति
२८ आश्विन २०७५, आईतवार ०७:२७


शान्तिनगर । नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माको पहलमा बुद्धशान्ति गाउँपालिकामा भएको एक दिने स्वास्थ्य शिविरमा ११ सय बढीले उपचार सेवा लिएका छन् ।

प्रबक्ता शर्माको अगुवाई तथा नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँपालिका समिति र क्षेत्रीय समिति क्षेत्र नं. १ को आयोजनामा बुद्धशान्ति–४ गुराँस बस्तीस्थित सामुदायिक भवनमा शनिबार स्वास्थ्य शिविर भएको हो ।

शिविरमा १ हजार १ सय ३१ जनाले उपचार सेवा लिएको स्वास्थ्य शिविर आयोजक समिति संयोजक खड्गबहादुर पन्धाकले लोकतन्त्र पोस्टलाई जानकारी दिए ।

उनका अनुसार शिविरमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानका बिशेषज्ञ चिकित्सक समूहले बिरामीको उपचार गरेका थिए ।

शिविरमा स्त्री रोग, यौन तथा छाला रोग, नाक कान घाँटी सम्बन्धी रोग र जेनेरल फिजिसियन सम्बन्धी बिशेषज्ञ चिकित्सकहरुले बिरामीको चेक जाँच गरेका थिए ।

दशैं पर्वका बेला गृह जिल्ला आउँदा नेता शर्माले सकारात्मक सन्देश प्रवाह हुने गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा निःशुल्क प्रादन गर्दै शिविरको आयोजना गरेका हुन् ।

शिविरमा उपचारका लागि आएका सबैलाई चिकित्सकको सिफारिस बमोजिमका सबै औषधी निःशुल्क बितरण गरिएको शर्माले लोकतन्त्र पोस्टलाई बताए ।

शिविरका लागि १२ लाख बढीको औषधी ब्यवस्थापन गरिएको भए पनि ७० प्रतिशत औषधी बितरण गरिएको र बाँकी औषधी तत्कालै अर्को शिविर आयोजना गरी बितरण गरिने कार्यक्रमका संयोजक पन्धाकले बताए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: