दशैंको मुखमा सहाराको भत्ताले वृद्धवृद्धा र एकलको मुहारमा ल्यायो खुशी

  प्रकाशित मिति
२४ आश्विन २०७८, आईतवार १३:४८


विर्तामोड, २४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दशैको मुखमा वृद्धवृद्धा र एकलको मुहारमा खुशी छाउने गरी सामाजिक सुरक्षा भत्ता वापत आज एकैदिन डेढ करोड रुपैयाँ वितरण गरेको छ ।

सहाराका सदस्य रहेका ज्येष्ठ, एकल महिला लगायत ९३५ जनाले सो भत्तावापत एक करोड ७ लाख ४९ हजार रुपैयाँ पाएका छन् ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले आफ्नो संस्थामा आवद्ध सदस्यहरुको जीवन यापन सहज बनाउनका लागि विगतदेखि नै एकल महिला, जेष्ठ सदस्य र एकल पुरुषलाई भत्ता र मृतकका परिवारलाई राहत रकम वितरण गरिदै आएको बताए।

भत्ता वितरण कार्यक्रममा ५९२ जना एकल महिलाले ४७ लाख ३६ हजार, २४२ जना जेष्ठ सदस्यले १६ लाख ७६ हजार र १२ जना एकल पुरुषले ७२ हजार प्राप्त गरेका छन् ।

त्यसैगरी, ७५ वर्ष पुगेका वा मृत्यु भएका १७ परिवारले राहतवापत २६ लाख रुपैयाँ पाएका छन् ।

मृत्यु भएका शेयर सदस्य तथा कर्मचारीको ६३ परिवारले राहत वापत १५ लाख ७५ रुपैयाँ पाएका छन् ।

अशक्त ९ जना शेयर सदस्यले हौसला कार्यक्रम वापत १० हजारका दरले ९० हजार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: