दश जनामा कोरोना भेटिएपछि कचनकबलका पाँच वडा सिलबन्दी

  प्रकाशित मिति
६ जेष्ठ २०७७, मंगलवार १५:४७


मेचीनगर, ६ जेठ । झापाको कचनकवल गाउँपालिकाका भारतीय सीमा क्षेत्रसँग जोडिएका पाँच वटा वडालाई कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समितिले सिल गरेको छ । सीमासँग जोडिएका १, २, ३, ४ र ५ नं. वडामा सिल गरिएको हो ।

भारतको मुम्बईबाट चार दिन अघि फर्किएका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै ती वडाहरुमा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले बताए । आज बसेको कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

सोमबार वडा नम्बर ६ का २३ बर्षीय युवामा कोरोना पुष्टि भएको थियो । बाँकी ९ जनामा आज पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप जाँचको लागि उनीहरुको स्वाब काठमाडौस्थित टेकु अस्पताल पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: