दश दिनदेखि मनिषा बेपत्ता

  प्रकाशित मिति
२६ जेष्ठ २०७३, बुधबार १४:३४


manisha

मेचीनगर । १० दिनदेखि बेपत्ता मेचीनगर–८ आदर्श टोली निवासी १८ वर्षिया मनिषा दङ्गाललाई खोजि गरिदिन उनका परिवारले स्थानीय प्रशासनसँग माग गरेका छन् । यति लामो समयसम्म छोरीको कुनै खोजखबर नभएपछि अपरणमा परेको वा बेचिएको हुन सक्ने भन्दै परिवारले खोजि गरिदिन प्रशसनसँग आग्रह गरेका हुन् ।

गत जेठ १७ गतेदेखि बेपत्ता भएकी मनिषा अहिलेसम्म कुनै सम्पर्कमा नआएपछि उनका परिवार छोरीको खोजीमा भौतारि रहेका छन् ।

परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टा र माइती नेपालमा निवेदन समेत गराएका छन् । मनिषा अपरणमा परेको वा बेचिएको हुन सक्ने परिवारले आसङखा गरेका छन् ।

मनिषा बिहान ९ बजे मेचीनगर १३ स्थित एक टेर्लर पसलमा कपडा लिन जाने भन्दै दाई प्रेम दङ्गाललाई सोधेर घरबाट निस्किएकी थिइन् । तर, साँझसम्म पनि घर नआएपछि उनको खोजी गर्न थालिएको बुबा बीरबहादुर दङ्गालले बताए । ‘बिहे गरेकी भए त केही खबर त हुन्छ नि ?’ उनले भने–‘खोज्ने ठाउँ र हामीलाई सङ्खा लागेको सबै ठाउँमा खोजिसक्यौ तर, कुनै अत्तोपत्तो छैन, छोरीको पिरले उनकी आमा दिनरात रोएर बसेकी छिन् ।’

मनिषा एक वर्ष अघि बालकल्याण माविबाट एसएलसी दिएर घरमै बस्दै आएक िथिइन् । उनको सम्पर्कमा रहेका सबैसँग इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सोधपुज गरे पनि कुनै पत्ता लाग्न सकेको छैन । ‘हामी निरन्तर उनैको खोजीमा छौँ’ इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने–‘फोन डिटेलको आधारमा खोज्न सजिलो भए पनि टेलिकमले फोन डिटेल दिन ढिला गरेका कारणले खोजी कार्यमा समस्या परेको छ ।’

उनी बेपत्ता भएसँगै यतिबेला सिङ्गा गाउँ नै चिन्तामा परेको छ । उनले बिहे गरेको, अपरणमा परेको वा बेचिएको कुनै पत्तो नभएकाले पनि छोरी कुन अवस्थामा छिन भन्ने थाहा छैन । गाउँका सबै मानिस उनको खोजिमा लागि परेका छन् ।

उनी हराएको दिन दिउँसो १२ बजेसम्म मोवाइलमा फोन लागे पनि नउठाएकी भाउजु मिना दङ्गालले बताइन् । ‘जोसँग बिहे गरेको भए पनि यहाँ छु भन्दिए हुन्छ’ आँखाभरी आँसु पार्दै आमा चन्द्रकला दङ्गालले भनिन्–‘छोरी बिहे गर्नुपर्छ भन्दा पनि अझै २ वर्ष नगर्ने भन्ने उनी आज सोध्धै नसोधी कहाँ गइन् ? कस्तो अवस्थामा छिन ? कमसेकम खबर मात्र पाउन पाए पनि हुन्थ्यो ।’
उनी घरकी कान्छी छोरी हुन् । उनका एक दाजु र दिदी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: