दसँै र फजुल उपभोग

  प्रकाशित मिति
१३ आश्विन २०७४, शुक्रबार १२:४५


gobinda-neupane

समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रका अनुसार दसँै प्रशस्त मिठो खाने र राम्रो लगाउने चाड हो । यो जाति विशेष क्षेत्र विशेष नभई सबै हिन्दूले मनाउने चाड हो । दसँै मूल रुपमा कष्टकर उपवास वस्नु नपर्ने नभई हर्षोल्लास मनाउने चाडका रुपमा लिइन्छ ।
वर्षाकालीन कृषि कर्म सकाई फसल भित्राउनु पूर्वको समय र यस समयमा दुध दही पाइने, वर्षाकालीन हरियो घाँस खाई तन्दुरुस्त भएका बोका खसी पाइने फुर्सदिलो समय भएकाले पनि यसको महत्व नेपाली समाजमा रहेको छ । यो चाड व्यक्तिगत तथा पारिवारिक लाभको उद्देश्य नराखी समस्त कुल कुटुम्वको विजय र वैभवका लागि सम्पन्न गरिन्छ । दसैँले परिवार भित्र कुनै वेला रहि आएको द्वेषको गहिराई घटाउने चाडको रुपमा कार्य गर्दै आएको पाइन्छ ।

bhrastachari (2) तर हिजोको जस्तो दसैँ आफ्नै उत्पादनवाट चल्न नसक्ने गरी जीर्ण बन्दै गएको छ, खर्च र उपभोगले सिमा नाघेको छ । हाम्रै वाल्यकालको सम्झना गर्ने हो भने औषत वालवालिकाहरूले दसैँका लागि लुगा कपडा पाइन्नथ्यो, यदि पाइहाले पनि विद्यालय पोशाकसँग मिल्ने पाइन्थ्यो । आज जस्तो लुगा राख्ने र्याक र शोकेसको आवश्यकता नै पर्दैनथ्यो । जुत्ता औषत वालवालिकाले लगाउने अवसर थिएन ।
तोरी खेती गर्ने र दसैँका लागि स्थानीय मिलहरूमा तेल पेल्ने चलन थियो । शुद्ध तोरीको तेलमा स्थानीय खसी बोका, हाँस र कुखुुराको मासु पकाई खाने गरिन्थ्यो । आज जस्तो हप्तौ सञ्चय गर्ने फ्रिजको व्यवस्था थिएन । खसी बोकाहरु किन्ने चलन कमै मात्र थियो । सामान्य भोजनमा मासु मात्र थपिन्थ्यो । दसैँका लागि मसला लागयतका केही वस्तुहरू मात्र भारतीय बजारवाट खरिद गरिन्थ्यो । आयात कम थियो तर त्यही वेला हाम्रो निर्यात प्रशस्त थियो ।

gobinda sir

हुन त समाजको उपभोग गर्ने अवस्था समाजको आयमा भएको उतारचढावले निर्धारण गर्दछ । हिजो जस्तो आफ्नो घरमा खसीबोका पाल्ने, दुध दहि घिउको जोहो गर्ने अवस्था आज छैन । दसैँमा लाखौँका खसी बोका र च्याङ्ग्रा छिमेकी देशवाट आउने मात्र नभई, दसैँका लागि चामल, दाल, चिनी लगायतका सवै वस्तुहरू आयातमा नै निर्भर हुन पुगेको छ नेपाली समाज । सिमावर्ती क्षेत्रमा रहेका बजारहरू आयातित सामाग्रीले भरिभराउ भएका छन् । भारतका बजारहरूमा नेपाली उपभोक्ताहरूको लाम बाक्लो हुन थालेको छ ।

रेमिट्यान्सले मोटाएको नेपाली समाजले घाँटी हेरी हाड निल्नु भन्ने नेपाली उखान पूर्ण रुपमा बिर्सँदै गएको छ । कसरी हुन्छ उपभोगको मात्रा वढाउने क्रियाकलाप बढेका छन् । यसका अलावा सेवा प्रदायकहरूले उपलव्ध गराउने विविध खाले विज्ञापन र अफरले समेत युवा पुस्ता मात्र नभई सवै तहका व्यक्तिहरूको उपभोगको मात्रा बढाई दिएको छ । कुन वस्तुको मूल्य कति हो त्यसको वारेमा सोधखोज गर्ने, अत्याधिक मूल्य वृद्धि भए त्यो वस्तुको वैकल्पिक वस्तुको खोजी गरी प्रयोग गर्ने सामान्य जुक्ति समेत उपभोक्ताले छोडिसकेका छन् । खरिदको होडवाजी गर्नेमा नै हाम्रो समाज लागेको छ ।

हुन त राम्रो लगाउन र मिठो खानको लागि अब दसैँ कुर्नु पर्दैन । हप्तामा एक दिन भए पनि रेस्टुरेन्टमा परिवार सहित भोजन गर्ने, कार्तिक महिनाको अन्त्यतिरवाट नै वनभोजमा लिप्त हुने लगायत होटल, चमेना गृह, सपिङ कम्प्लेक्स सबै औषत नेपालीका आकर्षणका केन्द्र रहेका छन् । घरायसी पेय पदार्थहरू वहुराष्ट्रिय कम्पनीका उत्पादनहरूले प्रतिस्थापित भइसकेका छन् । त्यसैले दसैँ आम मानिसका लागि दशा र व्यापारी उद्योगीहरूका लागि दसैँ बन्दै गएको छ ।

सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत आम मानिसहरू उत्पादनमा ध्यान दिनुको साटो उपभोगमुखी हँुदैछन् । यसको फाइदा व्यापारी र विचौलियालाई प्राप्त भएको छ । हरेक चाडवाडको मुखमा मूल्य वृद्धि हुन्छ । झापामा मासुको मूल्यमा एकरुपता पाइँदैन । कृषकले उत्पादन गरेका खसीवोकाको कुनै वैज्ञानिक मूल्य निर्धारण हँुदैन । जिउँदैमा जोखेर बेच्ने चलन छैन तर त्यही कृषक मासुका लागि भने विक्रेताले मागे अनुसार मूल्य तिर्न बाध्य हुन्छ । राजधानीमा समेत २६ सयको जुत्ता २६ हजारमा बेचेको समाचार आएका छन् । नियमित अनुगमन र यसको प्रभावकारिता करिव करिव शून्य देखिएको छ ।

यस पर्वको पौराणिक महत्व आफ्नै ठाउँमा रहे पनि महत्वपूर्ण कुरा चाहिँ औषत व्यक्तिहरूलाई ऋणको भारी बोकाउने दुर्दशाको थालनी हुनेछ । छिमेकमा भएको तामझामले असर गर्दछ, आफ्नै छिमेकमा भएको तडकभडकले सामाजिक स्तर कायम राख्नका लागि आर्थिक रुपमा विपन्न व्यक्ति पनि ऋण खोजेर खर्च गर्न बाध्य हुन्छ । त्यस्तै वालवालिका समेत आफ्ना साथीभाइको पहिरनका कारण वावुआमालाई त्यस्तै वस्तुको माग गर्ने गर्दछन् । आम मानिसका लागि यस्तो अवस्थामा ऋणभार बोक्नु वाहेक कुनै उपाय हुँदैन ।

चाडका अवसरमा हुन सक्ने सम्भावित हानीहरूको वारेमा नेपाली समाजले ध्यान दिन सक्ने हो भने यसको महत्व जोगाउन सकिन्छ । बजार र विचौलियाबाट बच्नका लागि विकल्पको खोजी गर्न सकिन्छ । व्यापारीलाई अकुत नाफा आर्जन गर्ने यो उपयुक्त समय हो भन्ने आम मानिसको अन्तस्करणको बुझाई हुने हो भने दसैँका लागि चाहिने वस्तुको माग घटाउन सकिन्छ । हामी उपभोक्ताले गर्ने भनेको माग कम गर्ने मात्र हो । माग कम गर्न सके उपभोक्ता मूल्य घटाउन बाध्य हुने छन् । दसैँका लागि पहिला नै किनेको लुगा प्रयोग गर्ने, मासुको मात्रा घटाउने, लगायतका आफुले गर्न सक्ने कार्य गरेर दसैँको मौलिकता बचाउन सकिन्छ । रेमिट्यान्समा आधारित अर्थतन्त्र दलाल प्रकृतिको त भई नै गयो, अब यसै अर्थतन्त्रलाई शिरोपर गर्दै जाने हो भने दसैँको महत्व नसकिएला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: