मेचीनगर, ५ कार्तिक । प्रतिनिधिसभामा सत्तारुढ नेकपाकी सांसद् धर्मशिला चापागाईले दसैं भत्तावापत सरकारले दिएको रकम झापाको नारी सञ्चार गृह र सहिद प्रतिष्ठान नेपालको झापा शाखालाई दिएकी छन् ।
कोरोना महामारीको बेला दसैं भत्ता लिन उपयुक्त नहुने बताउँदै सांसद चापागाईले सो रकम ती संस्थालाई बाँडेर दिएकी हुन् ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले सांसद् चापागाईबाट नारी सञ्चार गृहको राष्ट्रिय वाणिज्य बैङ्कको विर्तामोड शाखामा रहेको खातामा बुधवार ३२ हजार रुपैयाँ डिपोजिट भइसकेको बताइन् ।