दातालाई स्कर्टिङसहित सहर परिक्रमा

  प्रकाशित मिति
२८ फाल्गुन २०७४, सोमबार ११:५६


झिलझिले । गणेशमान सिंह अध्ययन प्रतिष्ठान झिलझिलेबाट आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नगद तथा जिन्सी दान गर्नेको सङ्ख्या दिनहँु थपिन थालेको छ ।

शनिवारसम्ममा १ करोड २ लाख मूल्य वरावरको नगद तथा जिन्सी दान प्राप्त भएको आयोजक समितिका अध्यक्ष एवम् प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेन्याङ्वोले वताए ।

शिवसताक्षी–८ झिलझिलेका समाजसेवी सिन्धवहादुर प्रधानले आफ्नो दान रकम २३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुर्याएका छन् ।
उनले यस अघि ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदै दान प्रदान गरेका थिए ।

प्रधानले साविक शिवगञ्ज–७, हाल शिवसताक्षी–८ को सम्झना चौकस्थित आफ्नै स्वामित्वमा रहेको १० धुर जग्गा दान गरेका छन् ।
दान रकम थपिएसंगै पुराण आयोजक समितिले प्रधानलाई सप्ताह ज्ञान महायज्ञको महानायक घोषणा गरेको छ ।

यस अघि झिलझिले माध्यमिक विध्यालयका शिक्षक ओमप्रकाश र उनकी श्रीमती लीला तिम्सिना श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको महानायक भएका थिए ।

महानायक घोपित भएपछि प्रधानलाई भव्य सम्मानका साथ स्कर्टिङ र नेवार समुदायको लाखे नाच सहित झिलझिले वजार परिक्रमा गराइएको छ ।
झिलझिले वजारका सयौँ स्थानीयले सप्ताह ज्ञान महायज्ञका महानायक प्रधान र सह महानायकलाई फुलमाला अविरले सम्मान गरेका थिए ।
प्रधानले दान गर्ने उचित ठाउँ भेटेको कारण आफैले आर्जेको सम्पति दान गरेको वताएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले झिलझिलेमा अस्पताल, प्राविधिक शिक्षालय, १५ सय क्षमताको सभाहल र राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने भन्दै सहयोगार्थ पुराणको आयोजना गरेको हो ।

पुराणमा प्रख्यात कथावाचक पं. दिनबन्धु पोखरेल आएका छन् । उद्घाटनमा प्रथम महिला शङ्कराचार्य हेमानन्न गिरी प्रमुख अतिथि रहेकी थिइन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद झलकवहादुर दर्लामी मगरले प्रजातन्त्रका सेनानी गणेशमान सिंह जस्ता लौह पुरुषको नाममा स्थापित प्रतिष्ठानले अस्पताल र प्राविधिक धारको शिक्षालय निर्माण सहयोगार्थ आयोजना गरेको कार्यक्रममा सवैले खुलेर सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: