दाता सम्मानित, शिक्षक पुरस्कृत

  प्रकाशित मिति
१५ माघ २०७४, सोमबार २१:१४


धुलाबारी । मेचीनगर–९ खुट्टीडाँगीमा रहेको कविशिरोमणि माध्यमिक विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यार्थीदेखि शिक्षकसम्मलाई सम्मान गरेको छ ।

विद्यालय परिसरमा सोमबार आयोजित कार्यक्रमकाबीच ५८ औँ वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, शिक्षक र दाताहरुलाई सम्मान गरिएको छ ।

समाजसेवी लक्ष्मीप्रसाद चापागाईँ र माया चापागाईँले स्थापना गरेको लक्ष्मीमाया उत्कृष्ट वर्ष शिक्षक प्रोत्साहन पुरस्कारबाट शिक्षक नरबहादुर मगर पुरस्कृत भएका छन् । उनी विद्यालयका प्रावि इञ्चार्ज हुन् ।

विद्यालयले दाताहरु लक्ष्मीप्रसाद चापागाईँ, माया चापागाईँ, कपिल चापागाईँ र एक्का क्लब काठमाडौँलाई पनि सम्मान गरेको छ ।
झापा क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयव्यय प्रतिवेदनमार्फत सार्वजनिक गरिएको थियो ।
प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले बिहानी सत्रमा अङ्ग्रेजी माध्यमका कक्षाहरु सञ्चालन, इ–लाइब्रेरी व्यवस्थापन, शिक्षणमा मल्टिमिडियाको प्रयोग, विज्ञान प्रयोगशालाको निर्माण गर्नेलगायतका योजना रहेको बताए ।

सो अवसरमा विद्यालय परिसरमा समाजसेवी लक्ष्मीप्रसाद चापागाईँले ७ लाखको लागतमा निर्माण गरिदिएको सरस्वती मन्दिरको समेत उद्घाटन गरिएको छ । प्रमुख अथिति कार्कीले रिवन काटेर मन्दिर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीले गीत, नृत्य प्रस्तुत गर्नुका साथै फेसन सो गरका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद कार्कीले शिक्षालाई समयानुकूल बनाउनु पर्ने बताए । उनले गुणस्तरीय शिक्षा दिनका लागि सामुदायिक विद्यालयहरु लागि पर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, मेचीनगरका शिक्षा अधिकारी उद्धव विष्ट, स्रोत व्यक्ति लोकबहादुर दाहाल, आदर्श माविका प्रधानाध्यापक हेम खड्का लगायतले बोलेका थिए ।

विद्यालयका शिक्षक दामोदर ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक लोहितप्रसाद चापागाईँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: