दादुरा र रुबेला खोप फागुन १० गतेदेखि

  प्रकाशित मिति
६ फाल्गुन २०७६, मंगलवार २०:१४


विर्तामोड । दादुरा र रुबेला खोप अभियान झापामा यही फागुन १० गतेदेखि सुरु गरिने भएको छ ।

मङ्गलबार विर्तामोडमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै स्वास्थ्य कार्यालय झापाले सो बारे जानकारी गराएका हो ।

कार्यालयका निमित्त प्रमुख ईश्वरीराज पौडेलले फागुन १० देखि पहिलो चरण र फागुन २१ देखि दोस्रो चरण अन्तरगतको अभियान सञ्चालन हुने झापामा माईपूर्वका ८ वटा पालिकामा फागुन १० देखि र माईपूर्वकै बाँकी दुईपालिकासहित माईपश्चिमका ५ गरी ७ पालिकामा दोस्रो चरणको अभियान अन्तरगत फागुन २१ देखि अभियान सञ्चालन गरिने बताए ।

जिल्लाका १३१ वटा वडामा केन्द्र राखेर खोप सञ्चालन गरिने कार्यक्रमका फोकल पर्सन बालकृष्ण भण्डारीले बताए ।

उनका अनुसार गौरादह नगरपालिका–४ मा सन् २०१९ मा ४ जना दादुराका रोगी फेला परेको थिए । प्रदेश नम्बरमा ३२ जना जना दादुराको रोगी र ७ जना रुबेलाको विरामी रहेका छन् ।

सन् २०२३ सम्ममा दादुरा तथा रुवेला रोग निवारण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य पूरा गर्न नेपाल सरकारले दुई चरणमा यसविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।

दक्षिण एसियाली मुलुक र नेपालको समेत दादुरा र रुवेला रोग निवारणको लक्ष्य बमोजिम फागुन र चैतमा गरी दुईचरणमा यसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो ।

उनका अनुसार झापामा ९२ हजार ८९१ जना बालबालिकालाई पोलियो थोपा खुवाइनेछ भने ९ महिनादेखि ५९ महिनासम्मका ७८ हजार २ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप दिइनेछ ।

यसअघि ९ महिना र १५ महिनाको अवधिमा दादुरा र रुवेलाको खोप पूरा गरिसकेका बालबालिकालाई पनि दादुरा÷रुवेला निवारणका लागि पुनः खोप लगाइने स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बनका लागि सरकारले नियमित खोप सञ्चालन गरेपनि पहिलो खोप लिएर पुनः खोप लिन नआउने बालबालिकाको संख्या लगभग २१ प्रतिशत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

यस खोप अभियानले खोपमा ड्रप आउट भएकाको पहिचान गरी नियमित खोपमा फर्काउने समेत लक्ष्य राखिएको कार्यक्रम संयोजक चम्लागाईको भनाइ छ ।

मुख्य गरी पाँचबर्ष मुनीका बालबालिकामा ज्वरो आउने र ज्वरो आएपश्चात शरीरभरी रातो स–सानो विमिरा देखिने दादुरा रोगबाट अन्धोपना, पखाला, कानको संक्रमण, न्युमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण हुनसक्ने कम्पन र यी विभिन्न जटिलताबाट बालबालिकाको मृत्यु नै हुनसक्ने जोखिम रहने खोप अधिकृत भण्डारीले जानकारी दिए ।

हावाको माध्यमबाट सर्ने यो रोगको संक्रमणदर समेत उच्च छ । यसैगरी रुवेलाको संक्रमणबाट हाडजोर्नीहरु सुन्निने तथा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन हुने वा मृत शिसु जन्मने, जन्मदै विकलाङ्ग हुनसक्ने, रक्तस्राव आदि समस्या देखिने बताइन्छ ।

अत्यन्तै संक्रामक मानिएको दादुरा तथा रुवेला रोगको खास उपचार नभएका कारण रोग लाग्नेवित्तिकै अरुलाई सर्नबाट विरामीलाई अलग्गै राख्ने र स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उपचार गर्न चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: