दानाबारीमा पनि सुखानी पार्क

  प्रकाशित मिति
१२ जेष्ठ २०७३, बुधबार ०७:३१


दानावारी । पूर्वको प्रमुख सहर विर्तामोडबाट १५ किलोमिटर उतर अर्ध कच्ची सडक हुँदै इलामको दानावारी–३ मा अवस्थित सुखानी पर्यटकीय पार्क पुगिन्छ । दानावारी –३ मा रहेको सहिद पार्क भन्ने वित्तिकै पाँच सहिदको सहादत स्थल भनेर चिनिन्छ ।

अब सहादत स्थल मात्र नभएर त्यो भूमि पर्यटकीय गन्तव्यको रुपमा पनि चिनिने भएको छ । प्राकृतिक स्रोत,सुन्दरता र सम्भाव्यताले समेत सहादत स्थल भरिपूर्ण भएकाले अहिले सहिद पार्कलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने थालिएकोे हो ।

सुखानी पर्यटकीय सहिद पार्क निर्माणमा कार्यसमिति कम्मर कसेर लागेको छ । हराभरा, स्वच्छ प्राकृतिक वातावरणले सिँगारिएको सहादत स्थललाई सुन्दरता बढाउन पोखरी,समिक्षालय निर्माण कार्य सम्पन्न भइसकेको छ भने वरिपरि वाल निर्माणको काम भइरहेको छ । सुखानी सामुदायिक वन क्षेत्रको १३ हेक्टरमा फैलिएको यस पार्कलाई पर्यटकीय विकास गर्ने इलाम मेची पहाडी पर्यटन बोर्डले २५ लाख, काँकरभिट्टा पर्यटन बोर्डले ५ लाख, सांसद मनकुमार गौतमले २ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको अवस्था छ ।

सोही रकमले पार्कभित्र रहेको घेरावारा,समीक्षालय, ड्याम लगाएर छेउको खोलाको पानी पोखरीमा झार्ने काम हुँदै गरेको अध्यक्ष महेन्द्र बुढाथोकीले बताए । बुढाथोकीका अनुसार दानावारी गाविस र सुखानी सामुदायिक वनको संयुक्त सहकार्यमा विद्धुत जडानको गर्ने तयारी हँुदैछ । सहादत स्थल भएर पनि ओझेलमा परेको सुखानी पार्क पर्यटकको माग अनुसार अझ व्यापक र विस्तार गर्ने कार्यमा थुप्रै योजनाका साथ अघि बढेको अध्यक्ष बुढाथोकी बताउँछन् ।

सुखानी सामुदायिक वन पनि संरक्षण र प्रवर्धनमा जुटदै आएको समूहका सचिव लक्ष्मी चापागाईले बताए । सुखानीको अस्तित्व खतरामा रहेको जटिल मोडमा स्थानीय समितिले गरेका प्रयासहरु उत्साहजनक रहेका छन् । भूगोलको हिसावले समेत पर्यटकीय क्षेत्रको लागि प्रचुर सम्भावना रहेको छ । तत्कालीन झापा विद्रोहका पाँच सहिदको स्मृतिमा उक्त स्थलको नाम राखिएको हो । हाल त्यहाँ इतिहासको भूमि चिरस्थायी बनाउने लक्ष्यले पर्यटकीय स्थलको अवधारणाको रुपमा विकास गदै लगेको प्रचार संयोजक होमनाथ दुलालले बताए ।

पञ्चायती शासन व्यवस्थाको विरुद्धमा आवाज उठाउने तत्कालीन झापा विद्रोहका नायकहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेण्ठलाई झापा जेल बाट इलामतर्फ सार्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानी जङ्गलमा गोली हानी हत्या गरिएको थियो  । हाल सोही स्थललाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइएको हो । पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले केही दिनअघि पार्क क्षेत्रको अनुगमन समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: