दानावारीमा ल्यान्डलाइन 

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार १५:३५


TRAVEL MEDICAL INSURANCE PLAN FOR EUROPE
इलाम । इलामको दक्षिणी नगरोन्मुख गाविस दानावारीमा ल्यान्डलाइन टेलिफोन विस्तार हुने भएको छ ।
२०७० सालमा नै ल्यान्डलाइन विस्तारका लागी प्रारम्भिक सर्वेक्षण भए तापनि यस बर्ष विस्तारको कार्य अगाडि बढाइने नेपाल टेलिकम इलामले जनाएको छ ।
दानावारीमा एडिएसएलसहितको ९६ वटा टेलिफोन लाइन वितरण गरिने छ । शुक्रवारे बजारमा टेलिफोन एक्सेस राखेर सञ्चालन गर्ने गरी नक्साङकन गरिए तापनि सानिमा माइ हाइड्रो पावरसम्मको क्षेत्रमा एडिएसएल सञ्चानल नहुने भएपछि शितल बजारको गुम्वा डाँडामा राखिने टेलिकम शाखा प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिए ।
क्षेत्रीय कार्यालय र केन्द्रिय कार्यालयसँगको सहकार्यमा विस्तार गरिने ल्यान्डलाइनको आवश्यक सामाग्री २÷३ दिनभित्र आइपुग्ने भएपछि १ महिनाभित्र नेटवर्क सुरु गरी ४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको सापकोटाले बताए । टेलिफोन लाइन शुक्रवारे बजार हुँदै हाइड्रो पावरसम्मको क्षेत्रमा विस्तार गरिने छ ।
यसै गरी नयाँबजारमा विस्तार सम्पन्न गरिएको ९६ लाइनको ल्यान्डलाइन असारको पहिलो साताबाट संचालन गरिने टेलिकम प्रमुख सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: