दामोदरको दोस्रो कृति ‘कर्म’ सार्वजनिक

  प्रकाशित मिति
१६ आश्विन २०७३, आईतवार १९:३२


14495474_10208914135923915_3744176457661315341_n

काठमाडौं । विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल दामोदर न्यौपानेको दोस्रो कृति ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ हालै सार्वजनिक भएको छ ।

उनको पहिलो कृति ‘एम्बुसमा ६ वर्ष’ पनि रुचाइएको पुस्तक हो । जहाँ द्वन्द्व अनुभवलाई विषयवस्तु बनाइएको छ ।
पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, समालोचक डा. देवी सुवेदी, सामाजिक अभियन्ता सविता उप्रेती, काभ्रे जिल्ला बालक्लब सञ्जालका अध्यक्ष सञ्जिव न्यौपाने, आदेशराज काफ्ले लगायतले पुस्तक सार्वजनिक गरे ।

उनीले बालबालिकाका विषयवस्तुलाई समेटर यो पुस्तक तयार पारेका छन् । ‘बालबालिकाको विषयमा रिपोर्टिङ्ग गर्दा मैले देखेको, भोेगेको विषयवस्तुलाई यहाँ समेटेको छु’, उनले भने, ‘नेपालमा बालबालिकाको अवस्था बुझ्न यो उत्तम सन्दर्भ सामग्री पनि हुनेछ ।’

न्यौपाने कान्तिपुर मिडिया ग्रुपसँग आबद्ध छन् । उनले कान्तिपुरको साप्ताहिक बालकोसेली कोपिलाको संयोजन गर्दा आफूले भोगेका कुराहरुलाई पुस्तकमा उतारेका छन् ।

उनको पुस्तकले बालमैत्री समाज निर्माणमा समेत टेवा पुग्ने सहभागीहरुले बताए । पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: