दाम बढाएर उपभोक्ता लु्ट्नेलाई ठाउँका ठाउँ जरिवाना

  प्रकाशित मिति
२४ बैशाख २०७७, बुधबार १४:३९


गौरीगञ्ज २५, बैशाख । झापा जिल्लास्तरीय अनुगमन समितिले गौरीगञ्जका चार वटा पसललाई ठाउँका ठाउँ जरिवाना गरेको छ ।

लकडाउनको मौका छापेर बढी दाम असुलेको र म्याद गुज्रिइसकेका सामान बेचेको प्रमाण भेटिएपछि समितिले पसल सिल गर्दै स्पटमै जरिवाना गरेको घरेलु उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।

समितिले गौरीगञ्ज ३ बुधबारे बजारको प्रदिप स्टोर्सलाई १० हजार जरिवाना गरेको छ । यो पसलले म्याद गुज्रेका पेयपदार्थ र अन्य खाद्यान्न विक्री गरेको थियो ।

पसलका प्रोपाइटर विनोद कुमार हलुवाईलाई सचेतपत्र थमाउँदै लकडाउन खुलेको ३ दिनभित्र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरमा उपस्थिति हुन आदेश गरिएको छ ।

गौरीगञ्ज गाउँपालिकाका अरु ४ वटा खाद्य पसललाई सचेतपत्र सहित ३५ हजार रूपैयाँ जरिवाना गरिएको छ ।

समितिले ११ वटा पसल अनुगमन गरेको थियो । कुसल फलफुल पसललाई १० हजार, प्रदिप स्टोर्सलाई १० हजार, भावना स्टोर्सलाई १० हजार र साक्षी किराना पसललाई ५ हजार जरिवाना गरिएको छ ।

म्याद गुज्रिइसकेका सामान ।

अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले उपभोक्ताहरूबाट गुनासो आउन थालेपछि समितिले अनुगमन तीब्र बनाउको बताएका छन् । अनुगमनका क्रममा सामानको मूल्यको दररेट, बिल र खाता हेर्दा २० प्रतिशतसम्म दाम बढाएर बेचेको भेटिएको उनले बताए ।

लकडाउनको समयमा खाद्यान्न सामग्रीको अभाव र कालोबजारी हुन नदिन अनुगमन समितिले झापाको सबै बजार क्षेत्रमा गतिविधि बढाएको नापतौल कार्यालय झापाका प्रमुख कमल ओझाले जानकारी दिए ।

अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख राजु दाहाल, गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहाल, उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, संघका सचिव श्रवण गिरी, उपभोत्ता हित संरक्षण मञ्चका गौरादह अध्यक्ष दिलिप भण्डारी, ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईलगायत पत्रकारहरूको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: