काँकडभिट्टा,१९ पुस । काँकडभिट्टामा जारी प्रथम अन्तर्राष्ट्रिय काँकडभिट्टा गोल्डकप आमन्त्रण नकाआउट फुटबल प्रतियोगितामा आइतबार दार्जीलिङ फुटबल क्लब विजयी भएको छ ।
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा भएको खेलमा आयोजकलाई २–१ को गोल अन्तरले हराउँदै दार्जीलिङ सेमीफाइनलमा प्रवेश गरेको हो ।
सोमबारको खेल चर्ज व्वाइज काठमाडौ र कञ्चनजङ्गा फुटबल क्लब सिलगुढीबीच हुने सेन्टरका अध्यक्ष मिन बस्नेतले बताए ।
विजेता टीमलाई रु १ लाख १ हजार तथा उपविजेतालाई रु ५१ ह्जारको पुरस्कारसहित शिल्ड र ट्रफी प्रदान गरिने अध्यक्ष बस्नेतले बताए ।
खेलमा नेपाल, भारत, बङ्लादेश र भूटानका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।