दाहाल माथ्लो संसद्को उम्मेद्वार

  प्रकाशित मिति
१८ पुष २०७६, शुक्रबार १८:५७


मेचीनगर । नेकपाका केन्द्रीय सदस्य एवम् झापाली नेता देबेन्द्र दाहाल राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बन्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाहाल लगायत १६ जना उम्मेद्वारको शुक्रवार टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान सचिवालय बैठक बसेको थियो । त्यही बैठकले उम्मेद्वारको टुङ्गो लगायो ।

घोषित उम्मेदवारमा पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना परेका छन् । १८ सिटका लागि हुने निर्वाचनमा नेकपाले १६ उम्मेदवार चयन गरेको छ । पूर्व सहमति अनुसार प्रदेश–२ मा राजपासँग चुनावी तालमेल गरेकाले त्यहाँ २ सिट छाडेको छ ।

एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

उम्मेद्वार बनेकाहरुमा झापाका दाहाल मात्र छन् भने गोरखाबाट चुनावमा पराजित नारायणकाजी श्रेष्ठ पनि उम्मेद्वार छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: