‘दिब्यधाम’ बन्दै ‘रामघाट’

  प्रकाशित मिति
२ भाद्र २०७४, शुक्रबार २२:०२


mohan kazi
मोहन काजी
gyanendraji
ज्ञानेन्द्र निरौला

आठ बर्ष अघिसम्म सामान्य दाहसंस्कार स्थलको रुपमा रहेको नन्दातट अहिले ‘रामघाट’ हुँदै मुलुककै नामी धार्मिक स्थल ‘रामघाट दिब्यधाम’को रुपमा परिणत भएको छ । भीमकाय शङ्खको आकृतिसहितको २७ फिट अग्लो पितृस्मृति स्तम्भ निर्माण भएपछि त यसको चर्चा संसारभरि फैलिन थालिसकेको छ ।

धुलावारी, खयरडाँगी, लालपानी र खुट्टिडाँगी क्षेत्रका मानिस मर्दा दाहसंस्कारका लागि लैजाने सामान्य घाट थियो नन्दा नदीको त्यो किनार । मान्छे पोल्ने ठाउँ भएकाले स्थानीयबासीले यसलाई मसानघाट ठान्थे । खोलामा मुर्दा पोलेपछि निस्कने फोहोरको डुङ्गुर थुप्रिएको हुन्थ्यो । दिउँसो कुकुर झुत्तिन्थे भने राति स्यालहरु कराउँथे । साँझको कुरै छाडौँ, दिउँसै पनि एक्लैदोक्लै मानिसहरु घाटतिर जान डराउँथे ।

२०६६ सालतिर यो ठाउँलाई केही न केही सुधार गर्नु पर्छ भन्ने सोच बोकेर धुलावारीका धनराज बंशल, नसुह प्रसाई, लीलाबहादुर पाण्डे लगायतका अग्रजहरुले रामघाट सेवा समिति गठन गरे । स्थानीय सङ्घ संस्था, बुद्धिजीवी र व्यापारीहरुको मदत लिएर समितिले खोलाको बगरजस्तो ठाउँलाई व्यवस्थित रामघाट बनाउने प्रयास थाल्यो । अहिलेको प्रस्तावित रामघाट दिब्यधामको आधारशीला वास्तवमै त्यही प्रयास हो ।

ram 5यो रामघाट स्थलको जग बसाउने कार्य धनराज बंशल, नसुह प्रसाइँ, लीलाबहादुर पाण्डेहरुको समितिले गरे पनि यसको सौन्दर्य, धार्मिक महत्व र पर्यटकीय आकर्षण थप्ने कार्यको नेतृत्व भने समितिका वत्र्तमान अध्यक्ष ललितकुमार बोहोराले गरेका छन् । निजी व्यवसाय र स्वार्थहरुलाई छाडेर विगत २ वर्षदेखि धुलावारीका सामाजिक व्यक्तित्व बोहोरा यही घाटलाई धाममा रुपान्तरण गर्ने अभियानमा दिनरात तल्लीन छन् ।

मेचीनगर–१० को शान्ति टोलमा पर्ने रामघाट दिब्यधाममा भएको पितृस्तम्भ (शङ्खको आकृति) भएको विश्वकै एकमात्र भएकाले यसको महत्व भविष्यमा झन् झन् बढ्दै जाने देखिन्छ । केही साता अघि यसै लोकतन्त्र दैनिकको अनलाइनमा पितृस्तम्भको समाचार पोस्ट गर्दा दुई दिनमै एक लाखले चाखपूर्वक पढेका थिए ।
धुलावारी मोडबाट पूर्वतर्फ आधा किलोमिटर दुरीमा रहेको यो स्थान धार्मिक र पर्यटकीय दृष्टिले नेपालको उत्कृष्ट गन्तब्य बन्न सक्ने प्रशस्त सम्भावना छ । शङ्ख आकृतिको पितृस्तम्भकै प्रचार प्रसार हुँदै जाँदा यसलाई अवलोकन गर्नकै लागि वर्षेनी हजारौँ पर्यटक यहाँ आउने सम्भावना छ ।

lalit bohora
अध्यक्ष ललित बोहोरा

ram 4शङ्कराचार्य पीठ साधुटारका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाका अनुसार नन्दा नदीको महत्व पौराणिक कथाहरुसँग जोडिएको छ । प्राचीनकालमा नन्दा नदीलाई यमुना, गङ्गा, कौशिकी जत्तिकै पवित्र मानिन्थ्यो । नन्दा नदीमा देवताहरुको बास भएको र ऋषिमुनिहरुले यहाँ आएर जप, तप र ध्यान गर्ने गरेको खतिवडा बताउँछन् ।

रामघाट सेवा समितिलाई अब ‘रामघाट दिब्यधाम’ भनिने र यसलाई तीर्थस्थलको रुपमा गुरुयोजनासहित विकास गरिने अध्यक्ष बोहोरा बताउँछन् ।
उनले आकर्षक प्रवेशद्वार, भूतेश्वर महादेव, चित्रगुप्तसहित १८ देवताको मूर्ति, रमाइलो पार्क, सडक कालोपत्रे, ग्रीनबेल्ट र विद्युतीय शबदाहगृह बनाउने योजना अघि सारेका छन् । यी योजना बन्ने वित्तिकै रामघाट एउटा आकर्षक धाममा रुपान्तरित हुने निश्चित छ ।

हाल धाम परिसरमा जे जति भौतिक निर्माण भएका छन्, ती पनि सामान्य छैनन् । करीव ३ करोडको सम्पत्ति धामसँग छ । उद्योगी सुभाष सङ्घाईले दानमा दिएको साढे ३ कठ्ठा जग्गामा धाम निर्माण भएको छ । जसको परिसरभित्र पितृस्तम्भ, श्राद्धस्थल, क्रियापुत्री कोठा, सभागृह, बगँैचा र व्यवस्थित दाहसंस्कार स्थल रहेको छ ram 3। यातायात, बिजुली, पानी र सञ्चारको राम्रो सुविधा छ भने सोलार बत्तीको समेत व्यवस्था गरिएको छ । दाहसंस्कारका लागि सःशुल्क दाउराको प्रबन्ध मिलाइएको छ ।

विभिन्न चाडपर्वमा यहाँ मेला, भेला र पुराणहरुको आयोजना हुँदै आएको छ । धार्मिक श्रद्धालुहरुले यसलाई तन, मन र धन दिएर सहयोग पुर्याइरहेको कारण रामघाट दिब्यधाम यति छिटो अवधिमै प्रख्यात बन्न पुगेको समितिका कोषाध्यक्ष रविन्द्रलाल कर्ण बताउँछन् ।
यो संस्थालाई नेपाल सरकारका निकायहरुले खासै अनुदान दिएका छैनन् । तर मेचीनगर नगरपालिकाले भने दाहसंस्कार स्थल निर्माणमा ठूलो सहयोग पुर्याएको समितिका सदस्य पन्नालाल जैन बताउँछन् ।

संस्थाका सचिव माधव पौडेलका अनुसार २०६६ सालमा झापा जिल्ला प्रशासन कार्यालयमा रामघाट दर्ता (झापा जिप्रका द.नं. २००६) भएको हो । समाज कल्याण परिषदमा समेत यो संस्था आवद्ध रहेको छ ।

ram 2उदार दाता र मनकारी व्यवसायीहरुको सद्भावपूर्ण सहयोगमा संस्थाले आफ्नो स्वरुपलाई झन् झन् भव्य र चम्किलो बनाउँदै लगेको छ । संस्थामा ३ सय १६ जना आजीवन सदस्य रहेका छन् ।

संस्थाका अध्यक्ष बोहोरा रामघाटले छोटो समयमै काचुली फेरेको बताउँछन् ।
‘निरन्तर लागिरह्यो भने एउटा घाटलाई कसरी धाममा परिणत गर्न सकिन्छ भन्ने उदाहरण हेर्नका लागि अब अन्त जानु पर्दैन’, संस्थाका अध्यक्ष बोहोरा समितिले गरिरहेको मिहेनतको परिणाम विस्तारै देखिने बताउँदै भन्छन्–‘केही बर्ष अघिसम्म रामघाटको निम्तो पठाउँदा मुन्टो बटार्नेहरु अहिले त्यहाँको रमणीय विकास देखेर छक्क परिरहेका छन् ।’

मुलुकका प्रधानमन्त्री, मन्त्री, सांसद भएका व्यक्तिहरु मात्र नभएर सन्त र महात्माहरु समेत मेचीनगर आउँदा अचेल रामघाटको भ्रमण गर्न भुल्दैनन् । कुशल नेतृत्व, लगन र योजनाका कारण रामघाट दिब्यधाम मुलुककै गहना बन्न सफल भएको छ ।
ram 1 ram 6(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: