दिवशले जिते ‘एसएलसी प्रिन्स’

  प्रकाशित मिति
१२ असार २०७३, आईतवार १०:०८


slc-prince-300x241बुधवारे । विर्तामोडको बाल्मिकी एजुकेसन फाउण्डेसनबाट हालै एसएलसी पास गरेका १५ वर्षीय दिवश कार्कीले ‘एसएलसी प्रिन्स’को उपाधि जितेका छन् ।

मुलुकभर एडिसनबाट छानिएका २५ जनाले भाग लिएको ‘ग्रान्ड फिनाले’मा झापाका दिवशले उपाधि जितेका हुन् ।

उनले ‘एसएलसी प्रिन्स’को उपाधिसँगै ३० हजार नगद पुरस्कार र ४ लाख रुपैयाँ बरावरको स्कलरशिप प्राप्त गरेका छन् ।

असार ७ गते प्रज्ञा भवन कमलादीमा भएको ग्रान्ड फिनालेमा नायिका रजनी केसी, गायक निर्णय, क्रिकेट एसोसिएसनका अध्यक्ष लगायतका निर्णायकहरू थिए ।

उनले यसैवर्ष बाल्मिकीबाट ‘ए’ ग्रेडमा एसएलसी पास गरेका हुन् । उनी काठमाडौँको गोल्डेन गेट कलेजमा कक्षा ११ मा पढ्ने भएका छन् । दिवशमा गीत गाउने र नाच्ने राम्रो क्षमता रहेको छ ।

‘देशभरका प्रतिष्पर्धीलाई उछिनेर विनर बन्न पाउँदा ज्यादै खुशी लागेको’ बताउने दिवशले भविष्यमा एमबीए पढेर राम्रो बिजनेसमेन बन्ने र सँगसँगै अभिनयको करियरलाई अघि बढाउने लक्ष्य लिएको लोकतन्त्र पोस्टसँग बताए ।

बुधवारे–९ घर भएका दिवशले ‘एसएलसी प्रिन्स’ जस्तो गरिमामय उपाधि जितेकोमा स्थानीयवासी हर्षित भएका छन् । उनले यस अघि स्थानीयस्तरको ‘लिटल किङ’ प्रतियोगितामा सहभागिताको अनुभव लिइसकेका थिए ।

दिवशको सफलतामा उनकी आमा गङ्गा कार्कीले खुशी व्यक्त गर्दै उनमा सानैदेखि अध्ययनमा गहिरो लगाव राख्ने स्वाभाव भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: