दुःखद् खबर, कोरोनाले सुत्केरीको मृत्यु भएको पुष्टि

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार २१:३४


मेचीनगर ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको कारण सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेको छ । यस अघि नेपालमा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको थिएन ।

उक्त महिला वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएकोमा २४ गते नर्मल डिलिभरी भई २५ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । घर पुगेपछि ज्वरो, स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारको लागि पुगेकी थिइन् । स्थिति जटिल बन्दै गएपछि उनलाई धुलिखेल अस्पतालमा उपचारको लागि ल्याउँदै गर्दा विहीवार मृत्यु भएको थियो ।

कोरोना संक्रमणको आशंकामा मृतकको स्वाबको नमुना लिएर पिसिआर परीक्षण गर्दा संकास्पद रिपोर्ट आएको थियो । मन्त्रालयका अनुसार मृतकको कोभिड १९ संग सम्बन्धित थप परीक्षण टेकुमा गरिदा नतिजा पोजेटिभ नै आएको थियो ।

सरकारले मृतकको घर र माइती रहेको गाउँमा सिल गर्दै संक्रमण नफैलियोस् भनेर सतर्कताका लागि नेपाली सेनासमेत परिचालन गरेको छ ।

साथै, सुरक्षा निकायले मृतकको दाहसंस्कार गरेको छ । दाहसंस्कारमा मृतकका परिवारले टाढैबाट जल र फुल अर्पण गरेका थिए भने नजिक जान कसैलाई दिइएको थिएन । मृतकको पोस्टमार्टम जाँच पनि गरिएन । नियममा कोरोना संक्रमितको मृत्युपछि कडा सावधानी अपनाउने भनिएको कारण दाहसंस्कारमा तयस्तो गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: