दुइटा केन्द्रबाहेक सबै ठाउँ शान्तिपूर्ण मतदान

  प्रकाशित मिति
३१ बैशाख २०७४, आईतवार १३:०१


काठमाडौं । आज विहान ७ बजेबाट सुरु भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा भएको निर्वाचनमा दुइटा केन्द्रमा मात्रै अबरोध भएको निर्वाचन आयोगले जनाएको छ । दोलखाको बिगु र काभ्रेको नमोबुद्धमा मतदान सुरु नभएको आयोगको संयुक्त निर्वाचन परिचान केन्द्र ९जेईओसी०ले जनाएको छ ।

३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य सुरु भएको जेईओसीले जनाएको छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं। ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरेका छन् । निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं। १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गरिन् ।

आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गरे ।

आयोगका सचिव गोपीनाथ मैनालीले शान्तिपूर्ण रुपमा, विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: