दुईतिहाई भए तापनि गठबन्धनको नियति भोग्नुपर्यो : ओली

  प्रकाशित मिति
४ फाल्गुन २०७७, मंगलवार ०७:०८


झापा, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन बर्षे कार्यकालमा दुई तिहाइको बुहमत भए तापनि गठबन्धन सरकारको झैं नियति व्यहोर्नु परेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको तीन बर्ष पूरा भएको अवसरमा सोमवार प्रधानमन्त्री ओलीले प्रगति बिवरण जनतासमक्ष सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भई कार्यभार सम्हालेका थिए ।

‘शुरुदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्याराहरु त थिए नै । विभिन्न ढंगले काममा व्यवधान खडा गरिएकै थियो । खासगरी पछिल्लो एक वर्षदेखि झण्डै दुईतिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नुपर्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘एकातिर जनताको उच्च आकांक्षा सम्बोधन गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिए मैं सरकारले काम गर्न नपाउने अवस्था सिर्जना भयो ।’

उनले ३ वर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीविहीन भएको र नियुक्ति, प्रक्रियामै जान नदिएको पनि बताए ।

सरकारी निकायका कतिपय कार्यकारी पदमा अनुपयुक्त पात्र अघि सार्ने वा नियुक्ति नै हुन नदिनेगरी समानान्तर सत्ता सञ्चालनको अभ्यास भएको उहाँको भनाई छ ।

‘सकेसम्म अल्मल्याउने, अल्मल्याउन नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका साथीहरु उत्रनु भयो । यद्यपि, नेकपाको शीर्ष तहमा रहेका केही नेताहरुको अतृप्त आकाङ्क्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भन्नेमा म हरदम सतर्क रहेकै हूँ। विगत वर्षदिन देखि ’समयभन्दा अगावै’ निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर अनेकौँ लाञ्छना सहेरै अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको पनि हुँ,’ प्रधानमन्त्री ओलीले भने ।

‘गठबन्धन सरकारको अर्को कुनै समूहले झै, आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री बिरुद्ध अचानक फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सके विस्थापन गर्ने बाटोमा हिँड्न तम्सिरहेका नेताहरुलाई सम्झाउने र स्थितिलाई परिवर्तन गर्ने प्रयत्न मैले गत पुस ५ गते दिउँसो २ बजेसम्म नै जारी राखें,’ प्रधानमन्त्री ओलीले भने ।

यस्तो छ ओली सरकारको तीन बर्षे उलपब्धीको फेहरिस्त ः
https://drive.google.com/file/d/175iHwoOow_7MPWhYr2yJrCCgd0ds38Ft/view

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: