झापा । अमेरिकाको कान्सास क्षेत्रमा दुई टाउको भएको अनौठो सर्प फेला परेको छ ।
फोटो पत्रकार जैसन टाल्बोटले जङ्गलमा त्यो सर्प फेला पारेर फोटो खिचेको जनाएका छन् । सर्पले फोटो खिच्नेलाई डसे पनि विषालु नभएका कारण टाल्बोटलाई केही भएन ।
दुई टाउको भएको सर्प बारे विरलै सुनिएको छ । दश लाखमध्येमा एउटा सर्प दुई टाउके हुने बताइएको छ ।
हिन्दु शास्त्रमा सात टाउका भएको शेषनागको वर्णन गरिए पनि हालसम्म त्यति धेरै टाउका भएको सर्प फेला परेको छैन ।
स्रोत – वीवीसी