दुई नेपाली पत्रकारसहित ११ जना सम्मानित

  प्रकाशित मिति
२५ श्रावण २०७३, मंगलवार १४:२८


Nepali Journalist Awarded in Delhi4

दिल्ली । भारतको राजधानी दिल्लीस्थित नोएडा फिल्म सिटीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतका पूर्वोत्तर राज्यमा सक्रिय ११ पत्रकारलाई सम्मान गरिएको छ ।

नोएडा १६ मा रहेको मारवाह स्टुडियोमा आयोजित नेशनल वर्कशप अन फोटो–भिडियो जर्नालिजम् एण्ड नेशनल एचिभ्मेन्ट अवार्ड कार्यक्रममा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको हो ।

नेपाली पत्रकारद्वय इन्द्रकमल जैरु र महेशसिंह रैखोला सम्मानित भएका छन् । जैरु र रैखोला नेपाल वान टेलिभिजनमा कार्यरत छन् । भारतका उत्तरपूर्वी आसाम, पश्चिम बंगाल र त्रिपुराका पत्रकारलाई सम्मानित गरिएको छ ।

गोर्खा समुदायको उथानका लागि पत्रकारिताको माध्यमबाट योगदान दिएको भन्दै सिक्किमबाट प्रकाशित प्रजाशक्ति पत्रिकाका फोटो पत्रकार राजेश शर्मालाई सम्मान गरिएको छ ।

Nepali Journalist Awarded in Delhi1

मारवाह स्टुडियोका संस्थापक सन्दिप मारवाह एवम् वरिष्ठ फोटो पत्रकार ओपी शर्माले पत्रकारलाई सम्मान प्रदान गरेका थिए । उनले पत्रकारहरुका लागि सहयोग गर्दै आएको उल्लेख गर्दै पत्रकारको हित र अधिकारका लागि लडिरहने बताएका छन् । यसैगरी, मारवाह स्टुडियोका सचिव विपीन गौरले पनि सञ्चार जगतलाई सधैँ साथ दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: