दुई प्रतिभा सम्मानित

  प्रकाशित मिति
२७ चैत्र २०७२, शनिबार १२:२३


suseli - Copy

काँकरभिट्टा । सुसेली साहित्य परिवार काँकरभिट्टले शनिबार दुई प्रतिभालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा साहित्यकार विमला चिमरिया र फुलमुनी उराऊ रहेका छन् । सुसेली प्रतिभा पुरस्कारबाट चिमरिया र कर्मठ महिला पुरस्कारबाट उराऊलाई नगद रु ११ हजार र १० हजार १ सय रुपैयाँ नगद र सम्मानपत्रले सम्मान गरिएको थियो ।

गतबर्ष भाषाविद् चुडामणि रेग्मी र बेदकुकारी रेग्मीले १ लाख रुपैयाँको अक्षय कोष सुसेलीको नाममा स्थापना गरिदिएका थिए । सोही अक्षय कोषको व्याजबाट एकजना कर्मठ महिलालाई पुरस्कार गर्न थालिएको परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले जानकारी दिए ।

काँकरभिट्टामै आयोजित कार्यव्रmममा सम्मानित प्रतिभाहरुमध्ये फूलमुनीको परिचय कल्पना ओली सिटौला र र विमलाको परिचय केन्द्र प्रसाद भट्टराईले गराएका थिए ।

2

कार्यव्रmममा सुसेली अङ्क–१३ लोकार्पण गरिएको छ । मेची क्याम्पस भद्रपुरका सह प्राध्यापक शुभलक्ष्मी राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा चुडामणि रेग्मी, चन्द्र भण्डारी, रामचन्द्र उप्रेती, तेजराज खतिवडा( तेराख), कृष्ण प्रसाद उप्रेती, प्राज्ञ यज्ञराज प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी कविहरु हरि प्रसाद न्यौपाने, मुनाराज शेर्मा, हरि वराल, विरही अधिकारी, कोमलप्रसाद पोखरेल, होम सुवेदी, जय निरौला, खगिन्द्रा खुसी र सम्मानित प्रतिभा विमला चिमरियालगायतले कविता, गजल, गीत प्रस्तुत गरेका थिए ।

सुसेली साहित्य परिवारका अध्यक्ष आख्यानकार पुण्यप्रसाद खरेलको सभापतित्वमा सम्पन्न कार्यव्रmममा स्वागत उपाध्यक्ष केन्द्र प्रसाद भट्टराईले र सञ्चालन सचिव कनक कार्कीले गरेका थिए । कार्यव्रmममा मातृका सङ्गौलाले बाँसुरीको धुन बजाएर सहभागीहरुलाई छमछमी नचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: