दुई सय बढीको स्वास्थ्य परीक्षण

  प्रकाशित मिति
१३ माघ २०७४, शनिबार १९:३७


मेचीनगर । धुलाबारी महिला बचत समूह तथा नेपाल रेडक्रस सोसाइटी मेचीनगरको संयुक्त आयोजनामा भएको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

मेचीनगर–३ को वडागाउँस्थित बलभद्र आधारभूत विद्यालयमा शनिवार भएको स्वास्थ्य शिविरमा नाक, कान, दाँत र आँखाको परीक्षण गरिएको थियो ।

शिविरमा प्राविधिक सहयोग दिव्यज्योति आइ एण्ड इयर केयर सेन्टर काँकरभिट्टा, न्यू अष्ट डेन्टल क्लिनिक काँकरभिट्टा, अष्ट डेन्टल क्लिनिक विर्तामोडको रहेको थियो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको आँखा तथा दाँतको परीक्षण गरेर उद्घाटन गरिएको शिविरमा वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरका सभापति हेमन्तराज दवाडी, सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार दास, महिला नेत्री रेणुका डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी सदस्य अम्बिका भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पारिजात महिला सञ्जालकी अध्यक्ष गायत्री पौडेलले गरेकी थिइन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: