दुई महिनादेखि अस्पतालकै बेडमा

  प्रकाशित मिति
६ श्रावण २०७६, सोमबार ११:५०


विर्तामोड । आक्रमणमा परेर सख्त घाइते भएकी मेचीनगर–१० की आरती चौहान दुई महिनादेखि अस्पतालको बेडमै छिन् ।

गत जेठ ८ गते राति मेचीनगर–१० का ३५ बर्षीय सुरज श्रेष्ठ र ३१ बर्षीय नवराज गिरीले चौहानलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेर घाइते बनाएका थिए ।

आक्रमणकारीहरु हाल जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएका छन् भने घाइते चौहान अझसम्म उपचारको क्रममा वीएन्डसी हस्पिटलको बेडमा छिन् ।

दुबै अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योग र डाका मुद्धा दर्ता भएको थियो । घटना भएकै दिन १ लाख ४० हजार रुपैयाँको धनमाल डाका भएको चौहानका पति ओमकुमार बुढाथोकीले जाहेरी दिएका थिए ।

बेहोश अवस्थामा अस्पताल भर्ना गरिएकी चौहानको होश खुलेको छ । तथापि टाउकामा गम्भीर चोट लागेको कारण उपचार सफल हुन लामो समय लागेको चिकित्सकहरुको भनाई रहेको छ ।

उनका पति ओमकुमार बुढाथोकीले स्वास्थ्यमा सुधार निरन्तर भइरहेको र भेट्न आउने आफन्त र साथीहरुलाई चिन्ने र बोल्ने गरेको बताए ।
लामो अवधिसम्म आइसीयुमा राखेर उपचार गराइएकी चौहानलाई हाल नर्मल वार्डमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: