मेचीनगर, २४ वैशाख । नेपालमा पहिलो पटक दुई महिनाको शिशुमा कोरोना भाइरस संक्रमण देखिएको छ। अब नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षका सम्म गरेर १७ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये सात महिला र १० पुरुष छन्।
प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण एको छ ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।