दुई महिलाको उद्धार, दलाल पक्राउ

  प्रकाशित मिति
१५ असार २०७३, बुधबार १८:५८


विर्तामोड । झापाको भद्रपुरबाट भारततर्फ बेच्न लैजाँदै गरेका दुई महिलाको  उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उद्धार गरिएका महिलाहरुमा नेपालगञ्जको फत्तेपुर गाविस ९ बस्ने ३३ बर्षीया विना ओली र नुवाकोट नर्जामण्डल गाविस ३ बस्ने २१ बर्षीया हिरामाया तामाङ्ग रहेका छन् ।

उनीहरुलाई बुधबार विहान साना हात नामक संस्था नेपालले प्रहरीको सहयोगमा भद्रपुरको छोटी भन्सार नजिकैबाट उद्धार गरेको हो ।

ओली र तामाङलाई भद्रपुर १५ बस्ने ३६ बर्षीया मलिना कुटवाल (श्रेष्ठ)ले भारतको सिलगुडी घुम्न जाऊ भन्दै काठमाडौंबाट झापा ल्याइएको अनुसन्धानको व्रmममा खुलेको प्रहरीको भनाई छ ।

प्रहरीले विना र हिरामायालाई भारत घुमाउने वहानामा बेच्ने लैजाने दलाल मलिनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: