दुई लिम्बुवान पार्टी मिले

  प्रकाशित मिति
६ मंसिर २०७५, बिहीबार ११:१२


बिर्तामोड । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य माग गर्दै आएको लिम्बूवान क्रान्तिकारी पार्टी र लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी बीच एकीकरण भएको छ ।

माटोसहितको पहिचान प्राप्तीका लागि दुईपार्टी बीच एक भएको बताइएको छ । दुई पार्टीको मङ्सिर ४ गते झापाको विर्तामोडमा एकीकरण गरी लिम्बुवान क्रान्तिकारी पार्टी भएको बुधबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिस हेल्लोकले जानकारी दिए ।

मनिस हेल्लोक अध्यक्ष र मिसेकहाङ पार्टी इन्चार्ज रहेको लिम्बूवान क्रान्तिकारी पार्टीको अब लडाइँ लिम्बुवान प्राप्तीको भएको अध्यक्ष हेल्लोकले बताए ।

अहिलेको सङ्घीयता नेपाली जनताको चाहना विपरीत रहेको ठहर गर्दै पार्टीले जनमुखी पहिचान सहितको सङ्घीयताका लागि लड्ने जनाएको छ ।

अरुणपूर्व अर्थात १ नम्बर प्रदेशलाई किराँत लिम्बुवान नामाकरण गरिनु पर्ने माग अघि सारेको उक्त पार्टीले लिम्बुवानी समाजवाद स्थापनाका लागि निर्णायक सङ्घर्ष गर्ने अध्यक्ष हेल्लोक र इन्चार्ज मिसेकहाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

पूर्वका नौ जिल्लालाई कार्यक्षेत्र बनाएको लिम्बुवान क्रान्तिकारीमा हाल एकलाख पचास हजार सदस्य आवद्ध रहेको दाबी गरिएको छ ।

…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: