झापा, २२ कार्तिक । शिवसताक्षी ६ की २५ वर्षीया स्वास्थ्यकर्मी युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिएका छन् ।
कार्तिक १३ मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक दुधेस्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने कर्मचारी हुन् ।