दुबईका राजकुमारको सुरक्षा व्यवस्था मिलाउन प्रहरीको सर्कुलर

  प्रकाशित मिति
५ असार २०७९, आईतवार २३:०२


झापा, ५ असार । नेपाल भ्रमणमा आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमाला सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका उनी अहिले झापामा छन् । प्रहरी प्रधान कार्यालयले उनी सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।

आइतबार बिर्तामोड स्थित वीएण्डसी मेडिकल कलेजमा आयोजित कार्यक्रममा सहभागी राजकुमार मोहम्मदले सुरक्षाको कारण केचनाकवल लगायतका ठाउँमा जाने कार्यक्रम रद्ध गरेका थिए ।

सोमबार शेख मोहम्मद पोखरा जाँदैछन् । परराष्ट्र मन्त्रालयको आग्रहमा उनको सुरक्षा व्यवस्था कडा बनाउन सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयका ती अधिकारीले बताएका छन् ।

३ दिने नेपाल भ्रमणमा आएका राजकुमारले वीएण्डसी सञ्चालक प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । सो ‘सुनको लौरो’ कसरी विमानस्थलबाट भित्रियो बन्नेबारे आम चासो थियो ।

यसबारेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनको लौरो नभएको पुष्टि गरेको छ ।

सरकारले उनको औपचारिक कार्यक्रम रोकेको हल्ला चलेपनि त्यसबारे आफुलाई थाहा नभएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

(श्रोत रातोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: